म व्यार्थै कोशीस गरिरहन्छु ,
बोध , सन्बेदना र सजिवता भर्न
र तिमीलाई अस्तित्वामा ल्याउन ,
मेरो प्रायसको चाहतलाई बुझ्न नसक्ने
लाश सरह बनिसकेको तिम्रो तन ,
मेरो स्नेहको हार्दिकमय समर्पणमा पनि
प्रेमपूर्ण वात्सल्य दिन नसक्ने
कपटी अनि कठोर ढुंगासरी तिम्रो मन .....!
मैले तिमीलाई लक्ष्या दिन चाहे ,
तिम्रो जीवनरुपी मार्गमा ,
सहास र आशाहरुको अविरल बर्षात ल्याउन चाहे ,
जड बनी , निश्कृया बनी ,
मलाई सन्तापको अग्निमा जलाई ,
मेरो आँखामा आँसु देख्न चाहने ,
मेरो नम्रता र निश्छलतालाई चिन्न नसक्ने
अहमतामा अडिग ढुंगासरी तिम्रो मन .......!
आज आभास गर्छु ,
धोकै धोकाको भयानक घाटमा ,
म फगत बिश्बास खोजिरहेछु !
देउता सम्झी पुजी उसैलाई
म फगत मुर्तिसँग प्रेम गर्दिरहेछु !
मेरो श्रीजनाहरुको उपहास गरी ,
मेरो संसारलाइ शुन्य बनाउन खोज्ने,
निर्दयी , निश्प्राण ढुंगासरी तिम्रो मन .......!
बोध , सन्बेदना र सजिवता भर्न
र तिमीलाई अस्तित्वामा ल्याउन ,
मेरो प्रायसको चाहतलाई बुझ्न नसक्ने
लाश सरह बनिसकेको तिम्रो तन ,
मेरो स्नेहको हार्दिकमय समर्पणमा पनि
प्रेमपूर्ण वात्सल्य दिन नसक्ने
कपटी अनि कठोर ढुंगासरी तिम्रो मन .....!
मैले तिमीलाई लक्ष्या दिन चाहे ,
तिम्रो जीवनरुपी मार्गमा ,
सहास र आशाहरुको अविरल बर्षात ल्याउन चाहे ,
जड बनी , निश्कृया बनी ,
मलाई सन्तापको अग्निमा जलाई ,
मेरो आँखामा आँसु देख्न चाहने ,
मेरो नम्रता र निश्छलतालाई चिन्न नसक्ने
अहमतामा अडिग ढुंगासरी तिम्रो मन .......!
आज आभास गर्छु ,
धोकै धोकाको भयानक घाटमा ,
म फगत बिश्बास खोजिरहेछु !
देउता सम्झी पुजी उसैलाई
म फगत मुर्तिसँग प्रेम गर्दिरहेछु !
मेरो श्रीजनाहरुको उपहास गरी ,
मेरो संसारलाइ शुन्य बनाउन खोज्ने,
निर्दयी , निश्प्राण ढुंगासरी तिम्रो मन .......!
No comments:
Post a Comment