Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Wednesday, January 16, 2013

खरानी


यस धर्तीमा जन्म लिई
आफैलाई परजीवी बनाई
विलासितामा रम्नु भन्दा
आलस्यताको सम्राट बनी
अवसरहरु गुमाउनु भन्दा
नकारात्मक सोंच्दै
आफैले आफैलाई पछाडितिर धकेल्नु भन्दा
सारा डर , कायरपन
... सारा अहंकार ,
सारा क्रोध त्यागी
जीवन र जगतको
अर्थ खोजौ
परिचय खोजौ
सत्कर्म र सद्गुणले
सबको मानसपटलमा
दिव्य दृष्टान्त बनी
प्रेरणा र उत्साहको
सबलाई समेट्ने बाटो कोरौ
यो हाम्रो घर भत्किएर खरानी बन्नु पुर्व
यो हाम्रो जीवन सिद्दिएर खरानी बन्नु पुर्व !


सजना गुरुङ " प्रयत्न "

Saturday, January 5, 2013

अस्तित्वहीन मेरा इच्छाहरु.....

मेरो रहर
बेहुली बनी,
सुन्दर संसार सृजना गर्ने चाह गर्छ ,
मेरो इच्छा
जीवनसाथीको हात समाई
कहिले नछुट्ने साथ्
अनि अजम्बरी मायाको चाह गर्छ ,

Monday, November 26, 2012

अनैतिक सम्बन्ध ..!


कहिले लाग्छ तिम्रो र मेरो माया बराबर ,
 एकअर्कालाई पाउने चाहत बराबर....,
उस्तै हाँसो , उस्तै आफ्नोपन
बाहिरी संसारको आँगन मा
उही बिश्बास , उही मन
उही वाचा अनि उस्तै उस्तै छन् प्रयासहरु ...!

म भित्रको श्वासनी मान्छे !


मलाई अवगतै भएन ,
किन ,कसरी,कुन सोचाइले
मैले तिमीलाई बहिस्कार गरे ?
मलाई बोधै भएन
कतिबेला म भित्रको निर्दयी श्वासनी मान्छेले
तिमीलाई पराइ सम्झिदिएछ !

युवा ! हामी ,


कोही बाध्यतामा प्रदेशियौ,कोही सुखबिलासको मोहमा ।
कुँदी हेरेउ मुर्तिका अनेक  रुप  भेटिंदो  रहेछ  लोहमा ।
युवा ! सोंची हेरौ नेपाली भै देशका कर्णधार हामी नै ।
युवा ! देशको छानो भत्किंदा छाउने सन्तान हामी नै ।

स्वप्नील संसारमा ...,



जब म तिमीलाई सपनीमा देख्छु ,
अतितका कन्दराहरुमा लुकामारी खेल्न पुग्छु ,
बिगतका केही क्षण र केही पलका
सम्झनाहरु मेटाउन नसक्दा ,

Monday, November 12, 2012

प्रेरणा


समय सकुनी बनी
तिम्रो पथमा समस्याको पासो फ्याँकी
तिमीलाई पराजित गराउँदा
विचलित हुँदै

Monday, October 22, 2012

म एक्लो कहाँ छु र ?


म एक्लो कहाँ छु र ?
दिन जाग्छ मै सँग ,
रात सुत्छ मै सँग,
संसार मै सँग बाँच्ने गर्छन् ,

Tuesday, October 16, 2012

जब एक्लै हुन्छु ...

जब एक्लै हुन्छु
तिम्रो सम्झनामा डुब्छु
अनि सोंच्छु
कहाँ के विराएँ

Sunday, October 14, 2012

एक्लै म कहाँ जाउँ ?


आफ्नो बनाएर
यी आँखामा अनगिन्ति सपना बसाएर
मेरो संसार तिमी सँगै सजाएर
बाँच्छु भन्ने सारा वाचा तोडी
अरुकै हात तिम्ले थामी दिंदा
यो मन भरी तिम्रो याद बोकेर
एक्लै म कहाँ जाउँ ?

Saturday, October 13, 2012

तिमी विनाको हर प्रहर ..


खुशी छु भन्दै
जति हाँस्न खोजेपनि ,
मनमुटु भीष्म दुखाइमा
रोइरहन्छ भित्र भित्रै आफैसंग लुकेर ,

Wednesday, October 10, 2012

मेरो बैसाकी बन्न नखोज !


म आफ्नै खुट्टामा उभिन सक्छु
मेरो आत्माले डोहर्याएको बाटो टेक्दै
म आफ्नै भरमा लक्ष्य हासिल गर्न सक्छु
मेरो हुनुको भार जति पर्छ म मा
म स्वयम नै थाम्न सक्छु ,
भो , मलाई...
 म कम्जोर छु भन्दै सहारा दिन न खोज
किनकि म जान्दछु ,
मैले मेरो आत्मविश्वास सबल बनाइ सकेकी छु ,
आफ्नो निम्ति आफै नै
कति प्रिय अनि महत्वपूर्ण रहेछु भन्ने जानी सकेकी छु ,
त्यसैले भन्छु ,
क्षणभरलाई मेरो उपासक बनि
कुनै मिथ्या नाटक प्रदर्शन गर्दै ,
मेरो बैसाकी बन्न नखोज !
 

Wednesday, October 3, 2012

खै कहिले म ....?


उफ !
दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो
कहिले पार गरेर  ?
निराशाको पच्छ्यौरीले छोपेर

Monday, October 1, 2012

म मान्छे बन्ने प्रयत्न गर्दैछु ...


कयौं पटक एकान्तमा आँशु पिई रहें ,
भाग्यलाई दोष दिंदै
आफै माथी गुनासोको भारी विसाइ रहें ,
प्राप्ति नै प्रेम हो भनि
प्रेमलाई ?
मात्र हासिल गर्न चाहें ,
तिमीसंगको संयोगले मुटु टुक्रे पनि

Sunday, August 12, 2012

यो कम्जोरी सुध्रियोस .....!

तिमी जीत मेरो
 तिमी हार मेरो
तिमी खुशी मेरो
 तिमी पिडा मेरो
तिमी जिन्दगी मेरो
 तिमी मृत्यु मेरो
 तिमी सौभाग्य मेरो
तिमी दुर्भाग्य मेरो

कसरी बाँच्न सक्छौ तिमी ?


कठपुतली बनाइ आफैलाई
पैसा फ्याक्ने हरुसामु कसरी नांच्छौ तिमी ?
आफ्नो इज्जत आफै बेची
कुन विजयको घोषणा गर्दै
यसरी दिल खोलेर हास्छौ तिमी ?

यसरी आउदोरहेछ माया !


एक्लै पथवन्चित भै भड्किरहेको जीवनमा ,
मार्ग निर्देशक बनी कोही आइदिंदोरहेछ..!
सुन्यता र सन्तापमा तड्पिरहेको मनमा ,
अचानक उत्साह उमंग छाईदिंदोरहेछ ..,

Wednesday, July 4, 2012

कविता- आत्म बोध


तिम्रो प्रेमलाई
अनुपमीय घोषणा गरी
तिम्रै उपासक बनि
तिमीलाई ईश्वर मानेर पुज्दा

Thursday, June 28, 2012

उपासक

जान अन्जान मा
हुन पुगेका भूलहरु सच्च्याउँदै
 सुधारको बाटो हिड्न हिच्किचाउने छैन ,

Monday, June 25, 2012

कोहिनुर

उसको श्रापित जीवनले
सजाय भोग्दा भोग्दै पाएको
अशिषको अद्भुत अनुभूति हुँ रे म !