मेरो लोग्नेको मृत्यु पछि म माथी पर्नु चोट परेको थियो ! लोग्ने बितेको धेरै वर्ष वितिसक्दा पनि म पिडा बाट , आँशु बाट मुक्त हुन अझै सकेकी थिइन | मेरो एक्लोपनले मलाई अरु पिडोल्थ्यो | एक दिन बाटोमा कयौं मान्छेहरुले कुल्चिएर हिंडेको एउटा ढुंगालाई घरमा ल्याएँ र त्यही ढुंगालाई आफ्नो सारा पिडा सुनाउन सुरु गरें , सुख , दुख सबै सबै त्यही ढुंगालाई सुनाउथे , त्यही ढुंगासँग रुन्थे ! त्यही ढुंगासँग हाँस्थे ! दिनहरु बित्दै गयो र म त्यस ढुंगाको धेरै नजिक भएँ ! त्यो ढुंगा नै मेरो लागि दुनियाँको सबै भन्दा अमुल्य , प्रिय बनिदियो ! मेरो आत्माले त्यस ढुंगालाई सबै भन्दा उच्च स्थान दियो त्यसैले मैले त्यस ढुंगालाई मन्दिरमा राखेर देउता बनाएर पुज्ने निर्णय गरें !