Wednesday, October 30, 2013

मोती

साँघुरो सोंचले
मेरो महत्व बुझ्न सक्दैन ,
हो ; यो त सत्य हो
गरीब मनले
मेरो मुल्य चिन्न सक्दैन ,
हर कोहीसंग
मलाइ सम्हाल्ने

मेरो सुरक्षा गर्न सक्ने
ज्ञान , समझ र निपुणता हुनै सक्दैन
किनकि म
मोती हुँ ;
मोती !!!


सजना तमु

Tuesday, October 8, 2013

गजल

पिरतीको यो बगैचामा, संगै फूलौ झरौ भन्दा !
नाता तोडी अन्तै लाग्यौ संगै यात्रा गरौ भन्दा !

आशा रोपी मेरो मन्मा योग्य छैनौ भनी छाड्यौ  !
एक-अर्काको हात थामी जीवन नदी तरौ भन्दा !

Tuesday, January 29, 2013

बलात्कार गर्नु नयाँ कुरा हो र ?

बलात्कार गर्नु नयाँ कुरा हो र ?
झुन्डिएर मर्नु नयाँ कुरा हो र ?

सरकारी शोषक बाट सधै जनता
अन्यायमा पर्नु नयाँ कुरा हो र ?

Sunday, January 27, 2013

अँधेरीमा रोशनी छर्नेहरु !

महान बन्छन् आफै बली अँधेरीमा रोशनी छर्नेहरु !
सफल हुन्छन् लगनशीलभै सधै यहाँ प्रयास गर्नेहरु !

अभाव होस् या समस्यामा हिम्मत गर्दै अगि बढ्छन्
......जिन्दगीको अर्थ बुझ्दै आफ्नै हातले रंग भर्नेहरू !

सुमार्ग याँ देखाउदै एकै साथ कयौ जन्म लिन्छन्
सजीव तन्को ढुकढुकी भै लाखौ मन्मा वास सर्नेहरु !

मृत्यु कहाँ अन्त्य हो र परिचित हुन: सके जगमा
बाँची रन्छन् युगौसम्मा असल कर्म गरी मर्नेहरु !




सजना गुरुङ " प्रयत्न "

Wednesday, January 16, 2013

खरानी


यस धर्तीमा जन्म लिई
आफैलाई परजीवी बनाई
विलासितामा रम्नु भन्दा
आलस्यताको सम्राट बनी
अवसरहरु गुमाउनु भन्दा
नकारात्मक सोंच्दै
आफैले आफैलाई पछाडितिर धकेल्नु भन्दा
सारा डर , कायरपन
... सारा अहंकार ,
सारा क्रोध त्यागी
जीवन र जगतको
अर्थ खोजौ
परिचय खोजौ
सत्कर्म र सद्गुणले
सबको मानसपटलमा
दिव्य दृष्टान्त बनी
प्रेरणा र उत्साहको
सबलाई समेट्ने बाटो कोरौ
यो हाम्रो घर भत्किएर खरानी बन्नु पुर्व
यो हाम्रो जीवन सिद्दिएर खरानी बन्नु पुर्व !


सजना गुरुङ " प्रयत्न "

Tuesday, January 15, 2013

मुक्तकहरु

१,

जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

२,

अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो !


सजना गुरुङ " प्रयत्न "

केही मुक्तक

१ ,

आफ्नो बर्बादी आफै कोर्छन् रुपहेरी मर्नेहरु
जानी जानी भुल दोहोर्याई ओराली झर्नेहरु
मनको सुन्दरतालाई चिन्न सिक समय हुँदै
चोखो माया लत्याएर अन्तै बसाईं सर्नेहरु !!

२,

अन्याय धेरै नगर है सबको सामु थुक्नु पर्ला
जिन्दगीको भिग माग्दै यै खुट्टामा झुक्नु पर्ला
अत्याचार अति हुँदा ढुंगा बोल्छ , मुडा बोल्छ
अवला सम्झी नहेप है जिउँदै नर्ग पुग्नु पर्ला !

३ ,

त्योआँखाको पानी चिन्छु नदुख भो मेरो सामु
    माया गर्छु भन्दै फेरी नभुक भो मेरो सामु
टुक्रा टुक्रा पारी छोड्यौ हिजो तिम्ले यही मन
मौका देउ जोड्छु भन्दै नझुक भो मेरो सामु !


सजना गुरुङ " प्रयत्न "