हिजोसम्मा मिठो सपना र खुशीको मुहान लाग्थ्यो डलर !
तर आज सजाय जस्तै आभास भैरहेछ डलर !
तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर !
दु:खको मुहान होउकी सुखको किरण ?
बुझेरै नसकिने तिमी के हौ डलर ?
इजरायल आएको दुई तीन महिन पस्चात अचानक मेरा मन्मस्तिस्कमा यि वाक्यहरु स्वतह आउन
थाले , बिहान् ,दिन , साँज हरपल अबिरल गतिमा ! नेपालबाट धेरै सपनाहरु मनभरी बुनेर
आएकी थिए तर बिदेश आएपछी थाह पाए वास्ताविक्ता ! एउटी बिरामीको सुसारे (caregiver)
को भिसामा इज्रायल आएर सोचेभन्दा बढी डलर कमाउन पाइयो भनेर आउँदाका दुई ,चार दिन त
मन्भरी यसो गर्नेछु , उसो गर्नेछु भनेर धेरै योज्नाहरु मनमनै गर्नथाले तर जिन्दगी
को वास्ताविकता सोचेजस्तो हुन्न रहेछ !
मेरो काम एउटी ५५ बर्षकी आज आएर थाह पाए उनी
अल्साइमर्की बिरामी रहिछिन भनेर जसको नाम मार्सेल बेन्लुलु हो ! हेर्दा धेरै
सुन्दरी देखिन्थिन ५५ बर्षको उमेरमा पनि ३५ बर्षकी जस्ती ! मनमनै खुशी भए तेती
राम्री र तरुनी मलिकनी को सुसरे हुन पाएकोमा तर समय बित्दै जादा थाह्पाए कि एक
अल्साइमर रोगकी बिरामी सँग काम गर्न कती गाह्रो हुदो रहेछ भनेर ! यो रोग लागेका
बिरामीहरुलाई हामी नेपालमा पागल , बोउलाह यस्तै नाम्ले पुकार्छौ र चिन्छौ ! यो
रोगमा मानिसको इस्मरन शक्ती अती कम्जोर हुदोरहेछ , कुनै पनि कुराको सम्झना नरहने !
अहिले खायो अहिले बिर्सने , आफ्नो सम्बन्धित मान्छेहरुको पहिचान सम्मा गर्न नसक्ने
, को लोग्ने ? ,को छोरा र को छोरी ? कसैलाई चिन्नानै नसकिने ! कहिले कही अचानक
एक्कासी मान्छे नरमल पनि हुदोरहेछ शायद दिनमा धेरैमा भन्नुपर्दा दस ,पन्द्रा
मिनट्को अवधी !
मेरो काम मेरी मलिकनी अर्थात मार्सेल लाई हरेक दिन नुहाइदिने , मेकप गरिदिने , सफा
कप्डा लगाइदिने , समयमा खान दिने , औषधी दिने अनी बिहान बेलुका गार्डनमा लैजाने
इत्यादी मेरा दैनिक कार्य हुन्थ्यो ! यदी यो काम एक नर्मल मान्छे सँग गर्ने हो भने
यो अती सजिलो काम भन्नुपर्छ तर यही काम एक मनसिक सन्तुलन गुमएकी आईमाईसँग गर्न कती
गाह्रो हुन्छ होला सोचौ त ! जे होस नेपालमा पाच लाख तिरेर आए अब काम गर्ने हिम्मत त
राख्नै पर्यो र हिम्मत जुटायेरा अघी बढे काम गर्नलाई ! जिन्दगीमा पनि के के देख्नु
पर्दोरहेछ र के के भोग्नु पर्दोरहेछ ! रात को दस बजेको थियो यो समय मार्सेल लाई
सुत्नको निम्ती बिस्तारमा लैजाने समय हो सो हामीले लग्योउ पनि उन्की छोरी र मैले !
उनको खाट अनौठो थियो शायद आँफैसँग इमान्दारी भएर भन्ने हो भने मैले मेरो जिन्दगीमा
एती अनौथो खाट देखे जुन खाट रिमोड कन्त्रोल बाट चल्दथ्यो ! मनमनै भने टेलिभिजन
मात्र रिमोड बाट चल्छ भनेको त बिदेशमा त खाट पनि रिमोड बाट चल्दोरहेछ ! उनको छोरीले
जानकारी गराये अनुसार उनी कहिलेकाही रातमा पनि उठेर हिंड्ने भएकोले उनलाई एक
किसिम्को अनौथो पेटी पेट्मा , हात अनी खुट्टा मा सधैं राती बाध्नु पर्थ्यो ! साधारण
पेटी उनको लागि सुरक्छित नहुने भएकोले यो पेटी चुम्बक बाट खोलिन्थ्यो र चुमबक को
माध्यम बाट बन्द गर्नुपर्थ्यो ! उनको छोरीको निर्देशन अनुरुप मैले सबै काम गरे !
सम्पूर्ण काम सकेपछी मार्सेल्की छोरी जस्को नाम रखेल थियो उन्ले आफु काममा र घरको
कामले व्यस्त हुनुपर्दा सधैं आमालाई हेर्न आउन नसक्ने जानकारी गराइन र साह्रै आपत व
केही सम्स्या परेमा यो नम्बरमा फोन गर्नु भनेर उनी गइन त्याहा बाट ! मेरो छुटै कोठा
थियो तर सुत्न चाँही बिरामीकै छेउमा सुत्नु पर्थ्यो ! जिन्दगीमा पहिलो पटका तेती
सुन्दरी आईमाईलाई त्यसरी पेटी , पेटिले बाधेर राखेको देख्दा धेरै रुन मन लाग्यो ,
मेरी मलिकनी मारसेललाई नियालेर हेरे , हेरिरहे केहीबेरसम्मा अनी सोचे जिन्दगीको यो
रुपलाई ,यो पललाई स्विकार गरेर पनि मान्छे बाच्नु पर्दोरहेछ , यसैले त सबै भन्छन
,सोचेजस्तो हुन्न जिबन !
बिहान उठे , नित्यक्र्मा सके र मार्सेललाई उठाये , एउटा
कुरा भन्न बिर्सेंछु , मारसेललाई दिशा पिसाब लागेको पनि थाह नहुने भएकोले डाइपर्स
अनिवार्य लगाइदिनु पर्थ्यो ! मैले नुहाउन जानालाई अनुरोध गरे तर "मैले नुहाइसके "
भनेर उनी बाथरुममा पस्नै मानिनन ! धेरै बेर अनुरोध गरिरहे तर मान्दै मानिनन् ! धेरै
बेरको अनुरोध पछी बल्ल उनी राजी भइन नुहाउनलाई ! नुहाइसकेपछी कपडा लगाइ मेकप
गरिदिये ! त्यसपस्चात खाजा खुवाउनालाई किचनमा लगे ,खाजा खाइसकेपछी त उनी मेरो
व्यागमा खाना राखिदेउ म स्कुल जान्छु अन्टी भनेर भनिन् मलाई ! मैले कती सम्झाउदा
पनि स्कूल जाने जिद गर्दै ढोकामा गएर उभिन किनकी ढोका बन्द गरेर मैले चापी लुकएकी
थिए ! दैनिक यही काम थियो मेरो ! उनी कहिले मेरो छोराको एक्सिडेन्त भयो छिटो
हस्पितल जाउ भन्थिन भने कहिले मेरो आमा आज म-यो बेतक्बरोत अर्थत चिहानमा जौ भन्थिन
! कहिले आज मेरो घरमा पाहुना आउँदैछन घर सफा गर भन्दै सारा गिलास , प्लेटहरु टेबलमा
सजाउथिन यस्तै यस्तै धेरै कुराहरु ।। प्रतेक १५ , २० मिनाटको अवधिमा उनको समस्याको
बिषय नयाँ हुन्थ्यो ! उनलाई सम्झाउन नसक्दा म आफ्नो भाग्यलाई धिक्कारदै रुन्थे ! एक
मनले पनि सोचिनाकी बिदेशमा आएर यती कठिन काम गर्नुपर्छ भनेर ! यस्ती बौलाह आईमाईसँग
कसरी काम गर्नु ? तर मैले जसरी भएपनी यही काम गर्नु छ ! दैनिक रुदै काम गर्थे म !
चाहेरै पनि त नेपाल फर्कन सक्दिनथे ! बिदेश्मा काम गरेर डलर कमएरा एसो गर्नेछु ,
उसो गर्नेछु भनी मैले गरेका ती मेरा पूर्वयोजनाहरु शायद अब योजनामै सिमित रहने भो
,त्यो दु:ख र त्यो मानसिक तनावरुपी काम बाट कहिले छुट्कारा पाउ जस्तो भैसकेको थियो
५ ,६ महिनामै तर मान्छे न हो हरेक परिस्थितीसँग सम्झौता गर्दै जिन्दगीमा अघी बड्नु
पर्दोरहेछ ! कुनै पनि बिषयबस्तुलाई नजिकबाट नहेरी , नचिनी हामी त्यसको बारेमा धेरै
कल्पनिक भैदिन्छौ र आफ्नै सोचाइ , बुझाईमा त्यसलाई सिंगरिदिन्छौ जब हामी त्यस ठाउमा
पुग्छौ तब वास्ताविक्ता अरुनै पाउछौ हामीले सोचेको र चहेको भन्दा एक्दमै बिपरित !
सोचेजस्तो हुन्न जिबन ! यो सत्य को आभास इजरायल आएर डलर कमाउनाको लागि कती दु:ख ,
कती परिस्रम् गर्नुपर्दो रहेछ त्यो नसोचेको र नचाहेको वासतबिक्ता लाई स्वीकार गरी
यो जिबनरथलाई अघी बढाउना पर्दा थाहापाए ! सबैलाई थाहा भएकै कुरा हो , "सोचेजस्तो
हुन्ना जीबन !!"
सजना गुरुङ
No comments:
Post a Comment