Monday, May 21, 2012

कविता- तरुनी

जिन्दगीको त्यो चरण
जहाँ बाल्यकाल सिद्दिएको थियो ,
परिपक्वताको बोध गराउदै
चन्चलताहरु विलिन हुन खोजीरहेको थियो ,
मनले एक आत्मविश्वाससँगै
सपनाहरु चुन्न थालिरहेको थियो
सुन्दर भविष्यको चाह गर्दै
योजना बुन्न ठालीरहेको थियो !

हो त्यही पल ,
हो त्यही चरणमा ,
मेरो खाली पनलाई मेटाउन ,
मेरो सपनाहरुलाई साकार रुप दिने वाचा गर्दै
मेरो योजनाको मेरुदण्ड बनि तिमी सहभागी बन्यौ ,

भविश्यरुपी आकाशमा छाएको
सन्तापमय बादलहरुलाई हटाउन
तिमी सुर्य सरी उदायौ ,
प्रेमको प्रचण्ड रश्मिहरु छर्दै
म निष्फिक्री बनि रम्दै गएँ तिम्रो साथमा ,
कयौ सपना र योजनाहरु बुन्दै
तर अचानक यस्तो सत्यतासंग
म ठोक्किन पुगें
जुन सत्यताले मलाई टुक्रा टुक्रा पारिदियो कहिल्यै नजोडिने गरी
मेरो सपनाको घर नबसेरै चिहान बन्न पुग्यो ,
जग नहालेरै मेरो योजनाहरु भत्कियो ,

यति दुखे ,
यति रोएँ ,
पागलसरी चिच्याएँ ,
कराएँ फेरिपनि असफल भएँ
तिम्रो प्रेमले उपाहार स्वरुप दिएको ,
तिम्रो प्रेमले साइनो स्वरुप दिएको
त्यो संज्ञा मेट्न
कि म तिम्रो प्रेमिका होइन ,
तिम्रो जीवनसाथी होइन
म केवल तिम्रो निम्ति
तिम्रो मन बहलाउने ,
तिमीले जानी जानी बनाएको “ तरुनी “ थिएँ ,
मात्र “ तरुनी “ !

1 comment:

  1. yatharthabaad ra nariko samajik dayeetwa bodh ko misran ...ramro lagyo Sajana zee ....

    ReplyDelete