Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts

Sunday, January 6, 2013

नारी हुनु मै गर्व गरौँ !

विदेशमा भएपनि यसपालीको तीज नेपाली दिदीबहिनीहरु मिलि हाँसीखुशीका साथ् दुखसुख साट्दै मनाइयो | नेपाली दाजुभाइहरु द्वारा इजरायलको तेलाविव शहर स्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको तीज महोत्सव कार्यक्रममा रात दिन कामकाजबाट विरक्तिएका हामी नेपाली चेलीबेटीहरु मनको धोको पुग्ने गरी नाच्यौ , गायौ र सम्पूर्ण दिदीबहिनी मिलि कार्यक्रम समापन गरी आ-आफ्नो बासस्थान फर्कियौ | सुत्ने तरखर हुँदै थियो संगै बस्ने ३ जना दिदीहरु अचानक डाँको छोडेर रुन थाल्नु भयो , दिदीहरु रोएको देख्दा मलाइ पनि कता कता दुखे जस्तो आभास भयो |

Monday, June 25, 2012

आलेख- प्रेममा नै सबै समस्याको समाधान छ !

प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अन्मोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्छल छहरीमा मानब जिबन जिउछ ! मानब सम्बन्ध सुमधुर बन्दछ ! परिवार , समाज , देश र विश्वा नै सुन्दर र शान्तिमय बन्न पुग्दछ ! यो दुई अक्छर्को सम्योगले बनेको प्रेम मा संसार अडिएको छ ! हरेक सम्बन्धले सार्थक्ता प्राप्त गरेको छ !
             पवित्र बाइबल नयाँ करार पहिलो कोरिन्थिको तेरौ अध्यायमा प्रेमलाई यसरी व्याख्या गरिएको छ , " मैले मानिसहरु र स्वर्गदुतको भाषामा बोले तापनि ममा प्रेम छैन भने , म हल्ला मचाउने घण्टा र झ्याइ -झ्याइ गर्ने झ्याली मात्र हुन्छु ! म सँग अगम्बाणी बोल्ने शक्ती होला , र सबै रहस्य र सबै ज्ञानहरु बुझ्ना सकुँला , र पहाडहरु हटाउन सक्नेसम्मको सम्पूर्ण बिश्बास मसित होला तर म मा प्रेम चाँही छैन भने म केही पनि होइन ! प्रेम सहनशील हुन्छ र दयालु हुन्छ ! प्रेमले डाह गर्दैन , न शेखी गर्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन , झर्को मान्दैन , खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउछ । प्रेमले सबै कुरा सहन्छ , सबै कुराको पत्यार गर्छ , सबै कुरामा कुरामा आशा राख्छ ,सबै कुरामा स्थिर रहन्छ । त्यसकारण प्रेम उत्कृष्ट छ । " यि वाक्य हरुलाई गहिरिएर सोच्ने हो भने हामी सजिलै बुझ्न सक्छौ प्रेमको सही परिभाषा ! दुई अपरिचित नर र नारीलाई बैबाहिक सम्बन्धमा बाँधेर एकर्कामा समर्पित बन्न प्रेमले सिकाउदछ , एकर्कासँग इमानदारी बनी, एकर्काको नजरमा बिश्बासको पात्रा बन्दै आशा र हिम्मतका साथमा जिन्दगीमा आइपरेका सारा दु:ख र समस्याहरुको सामना गर्दै दम्पत्य जिबनरथ अगाडि बढाउनलाई पनि प्रेमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक सम्बन्धसँग प्रेमको फरक अनुभुती आभास गर्न सक्छौ । लोग्ने स्वास्नी बिचको प्रेम, माता पिता र सन्तान बिचको प्रेम, साथी साथी बिचको प्रेम, गुरु र सिश्य बिचको प्रेम यस्तै यस्तै धेरै धेरै सम्बन्धहरु बिचको प्रेम । जहाँ प्रेम छ, त्यहा प्रतिसोध क्रोध, घमन्ड र रिसरागको कुनै ठाउँ हुँदैन ! 

आलेख- माफी माग्नु , माफी दिनु र धन्यबाद भन्नु ...!

हामी मानिस हौ ! मानिस सामाजिक प्राणी भएको हुनाले ऊ समाजबाट अलग्गिएर बस्न सक्दैन ! मानिसको जीवनको सुरुदेखि अन्त्य सम्म ऊ हरेक सम्बन्ध , साइनो हरुसंग बाँधिएको हुन्छ ! भनिन्छ बालकको पहिलो पाठशाला घर हो ! एउटा बालकले आफ्नो घर परिवारबाट धेरै कुरा सिक्दछ ! जसै ऊ बढ्दै जान्छ अनि विद्द्यालय , उसको साथीसंगी अनि ऊ बस्ने समाजबाट विस्तारै अरु कुराहरु सिक्दै जान्छ ! शरीरको साथासाथै उसमा बुद्दी बिबेक , ज्ञान सबै सबै कुराको विकास हुदै जान्छ ! यसरि जीवन बाच्ने क्रममा एक मानिसको व्यवहारले , विभिन्न क्रियाकलापले अर्को मानिसमा प्रत्यक्ष वा अप्रतक्ष रुपमा असर पारिरहेको हुन्छ , केहि राम्रा असरहरु र केहि नराम्रा असरहरु ! जुन बेला परिस्थितिको प्रकृति लै नियालेर , आत्मासात गरेर हामी एकअर्का संग गल्ति भएमा माफी माग्दछौ र माफी दिन्दछौ र धन्यबादी महसुस गर्दा धन्यबाद दिन्दछौ !