Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Tuesday, January 15, 2013

मुक्तकहरु

१,

जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

२,

अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो !


सजना गुरुङ " प्रयत्न "

केही मुक्तक

१ ,

आफ्नो बर्बादी आफै कोर्छन् रुपहेरी मर्नेहरु
जानी जानी भुल दोहोर्याई ओराली झर्नेहरु
मनको सुन्दरतालाई चिन्न सिक समय हुँदै
चोखो माया लत्याएर अन्तै बसाईं सर्नेहरु !!

२,

अन्याय धेरै नगर है सबको सामु थुक्नु पर्ला
जिन्दगीको भिग माग्दै यै खुट्टामा झुक्नु पर्ला
अत्याचार अति हुँदा ढुंगा बोल्छ , मुडा बोल्छ
अवला सम्झी नहेप है जिउँदै नर्ग पुग्नु पर्ला !

३ ,

त्योआँखाको पानी चिन्छु नदुख भो मेरो सामु
    माया गर्छु भन्दै फेरी नभुक भो मेरो सामु
टुक्रा टुक्रा पारी छोड्यौ हिजो तिम्ले यही मन
मौका देउ जोड्छु भन्दै नझुक भो मेरो सामु !


सजना गुरुङ " प्रयत्न "

तीन मुक्तक

१,

जिन्दगीमा आशिष भर्छन् मधुर ती बातहरु
कर्म गर्न सधै अगि सर्छन् परिश्रमी हातहरु
सन्त्रास बीच पनि बाँच्ने इच्छा प्रबल बन्छ
जीवनमा वर्षी दिंदा प्रेरणा र स्नेहका खातहरु !

२ ,

सबै मनको रहर बाँच्छ मेलमिलापले नै
गाउँ बजार शहर बाँच्छ मेलमिलापले नै
क्रोध, डाह इर्श्याले त खति मात्र हुन्छ है
आफ्नो पनको ठहर बाँच्छ मेलमिलापले नै !

३,

शंका होइन चोखो सम्बन्धको डर मा बाँचौ हामी
हर परिस्थितिमा साथ निभाउने कर मा बाँचौ हामी
कहिले आँशु बाँड्दै कहिले खुशी बाँड्दै जिन्दगीमा
यसै गरी सधैभरी एकअर्काको भर मा बाँचौ हामी !


सजना गुरुङ " प्रयत्न "

Monday, November 12, 2012

प्रायश्चितको आशुले सारा पाप धुन पाए
सुव्यवहारले सधै सबको हृदय छुन पाए
 धन्य हुन्थ्यो म जन्मेको यस जगतमा
आफ्ना र वैरी नयनको नानी हुन पाए !!

Wednesday, October 24, 2012

स्वार्थी भै घात दिनेलाई धन्यबाद

1,
स्वार्थी भै घात दिनेलाई धन्यबाद
माया गर्दै साथ दिनेलाई धन्यबाद
जे हुन्छ राम्रो हुनलाईनै हुन्छ भनि
मधुर त्यो बात दिनेलाई धन्यबाद !!


2,
एकअर्काको साथ निभाउनु पर्ने कर माग्छु हजुर
मायाले बनाएको कैले नभत्किने घर माग्छु हजुर
 स्वार्थी बनी आफ्नो मात्र भलो सोच्ने यो संसारमा
नबिक्ने र नबदलिने एकै निर्णय र भर माग्छु हजुर !


3,
तिम्रो बात पाएपछी मुस्कुराउँछ मेरो बिहानी
तिम्रो हात पाएपछी सजीवबन्छ निर्जीव सिरानी
पुज्छु तिमीलाईनै तिमी ईश्वर मेरो मन मन्दिरको
तिम्रो साथ पाएपछी सार्थक हुन्छ यो जिन्दगानी !

Monday, October 22, 2012

नदुख भो घाउ बनि मनभित्र रुने चाह छैन मलाई

1,
नदुख भो घाउ बनि मनभित्र रुने चाह छैन मलाई
सम्झनामा डुब्दै निर्जीव तस्वीर छुने चाह छैन मलाई
जानीसकें त्यो नशानशामा स्वार्थको खोली बग्छ भन्ने
नआउ भो वरिपरी ढुंगे मुर्ति तिम्रो हुने चाह छैन मलाई !

Tuesday, October 16, 2012

केहि मुक्तकहरु

1,
स्वार्थ पुरा गर्ने आशमा फाट्य मन सिउँदा रैछन् मान्छेहरु
विनम्र भै मुटुभित्र पसेपछि खून नै पो पिउँदा रैछन् मान्छेहरु
झुक्किएर एकै मौका कसै माथी निर्णय लिन पाउँदा घमण्डले
भगवान सम्झी आफैलाई भ्रमै भ्रममा जिउँदा रैछन् मान्छेहरु ! !

Wednesday, October 10, 2012

एकोहोरो माया तिमीसँग लाउदिन भो अब ...........

1,
एकोहोरो माया तिमीसँग लाउदिन भो अब
मेरै हुनुपर्छ भनी तिम्रोपछि धाउदिन भो अब
नपाएमा तिमी मर्छु भन्दै ज्यानको बाजी राखी
देउतासँग तिम्लाईनै प्रार्थनामा माउदिन भो अब !!


2,
मन्को सारा पिडाहरु नाँसेर बाँच्ने छु
सुकाएर आँसु आँखा मै हाँसेर बाँच्ने छु
सास्ती र वेदनाले जिन्दगीलाई घेरे पनि
हाँसो र खुशीसँगै नाता गाँसेर बाँच्ने छु !!


3,
जस्तै अभाव परेपनि निराशाले लुट्न दिनेछैन मनलाई
सयौ ठक्कर खाएपनि ऐनासरी फुट्न दिनेछैन मनलाई
सम्हालेर लैजानेछु जिन्दगीलाई एक्लै नै गन्तव्य सम्म
गर जति तिरष्कार तर कैले म टुट्न दिनेछैन मनलाई !!
 

मुक्तक


१ ,

अरुलाई मृत्यु दिई आफ्नो आयु थप्ने धन्य छौ तिमी
आगो पानी , घाम छायाँ सारा खप्ने धन्य छौ तिमी
वाह ! नेपथ्यमा निर्दोषको अस्मिता लुटी निर्ममतापूर्वक
बाहिर शिर ठाडो गर्दै राम नाम जप्ने धन्य छौ तिमी !!


२ ,

सुधार गरी गल्तीहरु मेरो सपना पुरा गर्नु छ तिमीसंगै
सत्कर्ममा फक्रिएर सुवास छर्दै जगमा झर्नु छ तिमीसंगै
निराश हुन पुगे पनि कोमल मनमा आशाको बिज रोपी
दुइदिने चोला यो जिन्दगी हाँसो खुशी भर्नु छ तिमीसंगै !!

 

Monday, October 8, 2012

मुक्तक

मुक्तक
१ ,
स्वार्थ पुरागर्न फूल बनि झुक्नुको राज जाने
घाइते कुकुर दिन रात भुक्नुको राज जाने
 होशियार सोझाहरु ! आफैले मान्ने देउतालाई
आफ्नै प्रिय भक्तलेनै सबैसामु थुक्नुको राज जाने |

Thursday, September 6, 2012

मुकतकहरु

१ ,
चश्मा लगाई हिड्नु पर्यो कचेराले आँखा पाक्दा
कस्तो कस्तो हुँदो रैछ अठ्ठाइस पुगी उन्तिस लाग्दा
कति धेरै पिर चिन्ता रुपियाँको खातमा पनि
कसो गरी बोलाउँ हजुर बुढेसकालमा निन्द्रा भाग्दा ! !

मुक्तकहरु

१,
यी आँखाका आँसु पुछी हाँसो छर्ने साथी भेटे ,
 फुल्थ्यो होला मेरो खुशी माया गर्ने साथी भेटे ,
 .....,छाउथ्यो कि बहार नै उजाड यो मनै भरी
 ......उत्साह र उमंगको लाली भर्ने साथी भेटे !!

Friday, August 17, 2012

मुक्तकहरु....

१,
हामीबीच जति छन् पर्दा अब हटाउनु पर्छ
झुटको खेती लगाएको भए सबै कटाउनु पर्छ
सत्य तथ्य जानेर अपनाउनु पो चोखो माया
भरोशामा बाँची दुबै शंकाहरु घटाउनु पर्छ !!!!

Sunday, August 5, 2012

मुक्तक

१,
हँसायौ तिम्ले नै तिम्रै दिलमा खुशी छर्छु म त
फुलायौ तिम्ले नै तिम्रै दिलमा आज झर्छु म त
सारा चोट , पिडा सारा समस्यामा टुट्न बाट
बचायौ तिम्ले नै तिम्रै दिलमा बसाइ सर्छु म त !

२ ,
दिनमा त सबै हिड्छन् परिक्षा त रातमा छ साथी
अमृत र विषको मुहान तिम्रो नै बातमा छ साथी
हरेस नखाउ सुरक्षित छ भविष्य तिम्रो आज पनि
सहासी भै अगि बढ वर्तमान तिम्रो नै हातमा छ साथी !