Thursday, May 24, 2012

तिमीलाई मागी रुन्छु ...., ( गद्द्य कविता )

मेरो वर्तमानको हर खुट्किलामा
म तिम्रो माया खोजी रुन्छु,
यी आँखा बाट बहने आँसुको हर थोपामा
म तिम्रो तस्वीर देखी रुन्छु ,
डर लाग्छ एकलै एकलै काट्नु पर्दा

जिन्दगीका अँधेरी रातहरु
त्यो भयभीत पलमा संत्रासले मुटु फुल्दा
म तिम्रो साथ् खोजी रुन्छु,
धेरै धेरै कष्टकर जिन्दगीको यात्रा
यी सारा सास्तीहरु एकलै झेल्नु पर्दा
तिम्रो प्रेमको न्यानो आड खोजी रुन्छु,
निराशाको पहिरोले आशारूपी घर पुरिदिंदा
वेसहारा आभास हुन्छ मनमा
अनि
तिमी भित्र सहाराको वास खोजी रुन्छु,
तिमी छैनौ तै पनि तिमीलाई सम्झी रुन्छु ,
यी मेरा अन्जुली ईश्वर सामु फैलाई
तिमीलाई मागी रुन्छु .......!
तिमीलाई मागी रुन्छु..........!!

No comments:

Post a Comment