Thursday, May 24, 2012

सारा युरो , डलर मै छाप्ने गर्छु ..,

एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
 बिदेशमा छु म ,
मैले केहि खानु लाउनु पर्दैन ,

जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म
यहा सारा युरो , डलर मै छाप्ने गर्छु !

पाँच हजारको होइन भाइ ! दश हजारको जुत्ता लाउनु ,
आइ फोन मात्र किन किन्छौ छोरा ! ल्यापटप पनि किन्नु ,
बाइकको के माग गर्छौ स्वामी ज्यु ! पजेरो नै किन्नु ,
मलाइ यहा कत्ति दुख छैन , रातमा जागा बस्नु पनि पर्दैन ,
पलपल गन्दै कहिले महिना बित्छ भन्नु पनि पर्दैन,
किनकि बिदेशमा छु म
यहा सारा युरो , डलर मै छाप्ने गर्छु !

आठ हजारको कुर्ता मात्र होइन बहिनि ! बिस हजारको सारी पनि किन्नु,
स्कुटर के चढ़छौ छोरी ! एउटा कार नै आफ्नो नाममा लिनु ,
यति उति , यस्तो उस्तो भनि कति किचकिच गर्छौ मेरी प्यारी श्रीमती !
साडी र कुर्ताको , कस्मेटिक र गहना पसल नै पुरै किनी हाल्नु ,
मैले आफ्नो देश र घर फर्किनु पर्दैन ,
मेरो उमेर र समयले कहिल्यै मेरो साथ् छोडदैन
त्यसैले मेरो पीरै लिनु पर्दैन
किनकि बिदेशमा छु म
यहा सारा युरो , डलर मै छाप्ने गर्छु !

No comments:

Post a Comment