Tuesday, May 29, 2012

विवशता

रातको १२ बजिसकेको थियो तर जती प्रयास गर्दा पनि निदाउन असफल भये । उठेर झ्याल
बाहिर हेर्दा अन्धकार थियो । अचानक नयनहरु आकाशको ति ताराहरुमा गएर टक्क अडियो र
सोचे तारा तिमीमा ज्योति हुनु र नहुनुको कुनै अर्थ छैन । ज्योति छ भनु भन्दा औसिको

अन्धकारमय रात छ र ज्योति छैन भनु भन्दा यो धर्ती बाट त्यही मन्द ज्योतिको कारणले म
तिमीलाई देखिरहेछु । किन किन आज मलाई मेरो यो जिन्दगी त्यही औसिको रातमा
टिल्मिलाउने तारासँगै तुलना गर्न मन लागिरहेछ । सपना र कल्पनाहरु जती सुन्दर र
खुशीमय हुनेगर्छन । वास्तविक्ता त्यती नै पिडामय र सास्तिपूर्ण बनिदिँदो रहेछ ।
हरेक दिन नसोचेका वास्तविक्ता हरुलाई स्विकारदै बाँच्नु पर्दोरहेछ जिन्दगीका अनेकौ
अर्थ र परीभाषाहरु बुझ्दै !जिन्दगी जिउने सिल्सिलामा यो बिबसता नाउको भीषण
पहाडद्वारा किन म नै थिचिये ? किन मनभित्र यति असहैय चोट पर्दसम्मा म रुन सकिन ?
आफ्ना सारा खुशीहरुको हत्या गर्न किन म नै बिबस भये ? आखिर , कति दिन्सम्मा म
आफुलाई कुन्ठित बनाएर यो इजजत नाउको पिँजडा भित्र कैद गरिराख्न सक्नेछु यसरी !
अतलिदै गहका आसुँ पुछे र हत्पत गोप्य ठाउमा लुकाएर राखेको मेरो पर्सानल डायरि
निकाले र डायरिका पानाहरु बिस्तारै पल्टाउना थाले , एक्कासी तिम्रो तस्बीर भएको
ठाउमा गएर म रोकिये , रबि ! तिमीलाई धेरै धेरै शुभकामना छ जो तिमी मलाई बिर्सियिएर
या भनौ मबाट टाढिने द्रिढ निर्णयको साथ आज बैबाहिक बन्धन्मा बाँधियौ । आजदेखी हामी
दुइबिच बाँकी रहेको सबै सबै मिलनरुपी आशाका लताहरुका जड् जरैदेखी उखेलिएको छ । भेट
हुने अभिलाषाहरु पूर्ण रुपमा जलेर राग भैसकेका छन । सबैभन्दा महत्वापूर्ण कुरा म
तिम्रो नजरमा बिस्बासघाती प्रमाणित् भएकी छु र यो मेरो जिन्दगीको भयानक दुर्भाग्य
कि म मेरो बिबसतालाई तिमीसामु कहिले प्रस्ट्याउना सक्ने छैन । कति सत्यताहरु
नखोल्नुमै जिन्दगीको भलाई हुन्छ शायद ! रबि !हुनसक्छ आज तिम्रो  आत्माले मलाई कति
स्रापिरहेको होला , हुनसक्छ अचानक म मा आएको यो परिवर्तनले तिम्रो मन्भित्र
अश्चर्यामय प्रश्नहरुको तुफान् चलाइरहेको होला ! बिश्बास गर , आजसम्मा मैले पनि
तिमीसँग त्यती नै निश्छल , निस्वार्थ प्रेम गरे जति तिमीले मसँग गर्‍यौ ! बिबाहित
सम्बन्धमा बाँधिएर एकर्काको न्यानो साथमा दु:ख , सुख , आँसु , पिडा सबै सबैलाई
स्विकार गर्दै , सामना गर्दै सँगसङै बाँच्ने हाम्रा सपनाहरुमा , योजनाहरुमा जति 
सकृया रुपमा तिमी सहभागि थियौ त्यतिनै म पनि थिए ! तर कस्तो दुर्भाग्य ! लाखौं
कोशीस गर्दा पनि म असफल भये मेरो अभिभाबक्को मन्मा तिम्रो निम्ती ठाउँ बनाउन , म
असफल भये हाम्रो विवाहको निम्ती मेरो बा-आमालाई राजी गराउन ! शायद उहाहरुको एक्लो
सन्तान हुनुनै मेरो दुर्भाग्य थियो ! न म तिमीबाट अलगिएर बाँच्न सक्दथे न आफ्नो
बा-आमाबाट ! धेरै सोचे , तिम्रो बारेमा , तिम्रो अभिभाबक बीच हुने दैनिक झगडा
हाम्रो समाजमा कसैदेखी लुकेको थिएना , निसन्देह यही काराण थियो जसलाई देखेर मेरो
अभिबाबक र आफन्तहरु तिमी अनी तिम्रो परिवारलाई धेरै घ्रिना अनी तिरस्कार गर्दथे !
यो परिस्थितीमा उहाहरुको इच्छा बिपरित गै म कसरी तिमीलाई साथ दिन सक्थे र ? तिम्रो
त्यो अपार , अनुपम् माया स्विकार गरी म तिमीलाई तिम्रो जिबन्साथी बनेर जिन्दगी भर
मेरो बा-आमा र मेरा आफन्त हरुबाट अपमानित भएको कसरी हेर्न सक्थे र ? सधैं सधैं
अपमानित भएर तिमी कती दिन मलाई माया गरिरह्न सक्थ्यौ र ? मनिष हरेक सम्बन्धबाट
साईनो अनुसारको सम्मान , इज्जत यस्तै धेरै धेरै कुराहरुको अपेक्षा गर्दछ जुन
व्यावहाँर र शब्दहरुले उसलाई स्वाभिमानको आमुल्या आत्मा अनुभुती दिएर जिन्दगी
जिउनलाई उत्साहित र प्रेरित गरिरहन्छ ! म तिम्रो निजी भावना र आशाहरु मेरो बा-आमाको

दुर्व्यावहारले टुक्रिएको कसरी हेर्न सक्थे र ? यदी कुनै व्यावहाँर , ईशारा र कुनै
माध्यम बाट मेरो आत्माको आवाज तिम्रो आत्मा सम्मा पुग्ने मार्ग छ भने मलाई क्षमा
गरिदेउ जो मैले तिम्रो प्रेमलाई प्रतिकार गरेर तिम्रो आशा , बिस्बास अनी तिम्रो
आत्मा मा चोट पु-याये ! तिम्रो कार्य , सहास र परिस्रम् लाई अन्देखा गरी तिम्रो
खन्डित परिवार र तिमीलाई गरीब हुनुको बोध गराये ! ति सबै सबै चोटहरु जो मैले
तिमीलाई दिये सक्छौ भने मलाई माफ गरिदेउ ! तिम्रो नजरियले मुल्याङ्कन गर्दा म पूर्ण

रुपमा गलत भएपनी एक्पटक मेरो नजरियले हेरेयौ भने केही हदसम्मा मेरो बिबसतालाई आभास
गर्नेछौ र केही हदसम्मा मलाई सही सम्झनेछौ !
समयले पराजित घोसित गरिसकेको यो हाम्रो प्रेमको अतितलाई यही मेटाएर , यही स्थगित 
गरेर जिन्दगीमा अघी बढ्ने हिम्मत राख्नु नै बुद्दी मानि हो । अतितलाई सम्झिएर
जिन्दगीमा पिडा र निराशा बाहेक के नै हासिल हुनेछ र ? मन्मनै निर्नय् र द्रिढ
संकल्प गरे , रबिसँग जोडीएको मेरो जिन्दगीको एक अतित रुपी पान्नालाई सदा सदाको
निम्ती हटाएर , मेटाएर जिन्दगीमा अघी बढ्ने !उसँग जोड्ने ति सारा तस्बीर ,पत्रहरु
सबै पानीमा भिजएर फालिदिये । धेरै प्रयास पछी निदाएछु क्यारे , बिहान पाँच बजे
घडीको अलाराम बजेपछी मात्र बिउँझीये ! हातमुख धोइ हतारिदै सारी लगाये र कालेज
जानलाई टेबलमा राखेको ब्याग लिएर हेर्दा मेरो कोठाको ढोकानिर बा-आमालाई देखे । यती
बिहानै उहाहरुलाई देख्दा धेरै अत्तिदै प्रश्न गरे , " बाबा ! आमा ! यती बिहानै ?
केही भयो ? हजुर हरुलाई सन्चो भएन ।।।।।।," बाबा बिचैमा कुरा काट्दै बोल्नुभयो , "
छोरी ! हामी सञ्चै छौ । आज हामी धेरै खुशी छौ । तिमीले हाम्रो मान ,सम्मान ,
तिमीप्रतिको हाम्रो आशा भरोशालाई टुट्ना दिएनौ । संसारको हरेक बा-आमालाई तिमीजस्तै
सन्तान पाउन । जुन सन्तानले बाउ आमाका शिर अरुसामु शर्मिन्दामा कहिल्ये झुक्ना
दिदैनन । " धेरै महिना य भनौ लग्भग एक बर्षा पछी बाबा आमाको मुहारमा खुशीको धपक्क
उजयालो देखिरहेकी थिए । उहाहरुको मुहारबाट पूर्ण रुपमा त्रास र सन्तापका धर्साहरु
मेटिएको अभास गरिरहेकी थिए । लागिरहेथ्यो आज मैले मेरो बाउ आमाको एकमात्र छोरी
हुनुको पुरा कर्तब्या निभाये । मेरा सारा निजी खुशी र निजी चाहना हरुको त्याग गरेरै

भएपनी सन्तान हुनुको कर्तब्या निभाये । " हजुरहरुलाई जिन्दगी भरी यसरीनै खुशी भएको
हेरिरहन पाउ । कालेज जान ढिला भो , म अब जाउ ? " घरको मुल ढोका बन्द गरेर गेट्को
ताल्चा खोली गेट बाहिर निस्कदा अली पर कसैलाई देखे , छेउमा गै हेर्दा रबी थियो ।
उस्को सम्मुख्मा गै म अवाक भएर उभिरहे । हामी दुइनै मुर्तिसरह उभिरहेयौ । केहीबेर
पछी रबी बोल्यो , "     

तिमीले के सोच्यौ कि म तिमीबिना बाँचना सक्ने छैन ? यदी तिमी अनी तिम्रो धन्यढ्या
बाउ आमाले त्यस्तो सोच्यौ भने गलत सोच्यौ , म तिम्रो सामु जिएर देखाउनेछु । जितेर
देखाउनेछु । कुलत , कूमार्ग बाट अलगरही सही बाटोमा हिंडेर देखाउनेछु । तिमीसँगको
अतितरुपी स्मिरितिको पानालाई मेटाएर बर्तमानमा हासिखुशी बाँचेर देखाउनेछु । "
" हुन्छ । म हेरिरहनेछु । " यती भनेर म हिंडे , धेरै बोल्नु सही सम्झिन पनि । रबी
प्रतिसोधमै किन नहोस , म पनि तिमी सही र सफल भएको हेर्न चाहन्छु । शायद , संसारका
सबै युबा बर्गले पनि तिमीले जस्तै हिम्मत राखोस बियोगिएको छन हरुमा । जिन्दगीमा
दुर्भाग्यहरुको चाह कसैले गरेको हुँदैन तर जिन्दगीमा घट्ने हर घट्नाहरुलाइ डटेर
स्विकार गरी सही मार्ग को चयन गरी जिन्दगीमा अघी बढ्नुनै बुद्दिमानी हो । जिन्दगीको

पिडादायी पलहरुलाई बिर्सिएरा , निरुतसाहित अतितलाई भुलेर जिबन बाँच्ने हिम्मत
राख्नु नै जिन्दगीको पहिलो जित हो । मेरो बाबा आमाको एकली छोरी हुनुको बिबसतामा
लिएको मेरो यो निर्णयले कतै हामी दुइलाई नै जिन्दगी प्रती बित्रिस्न र निरुत्साहित
पार्छकी भन्ने जुन डर थियो त्यो त्रासको भ्रम रुपी पर्दा सधैं सधैंको निम्ती हट्यो
अब । आज मेरो जिन्दगीसँग समावेस दुबै महत्वापूर्ण पक्षलाई सबल र खुशी देखे । म
निर्णय गर्नै सकिरहेकी थीइन , आज मेरो जिन्दगीको यो मोडमा म पराजय भएकी बिजय
......?  

No comments:

Post a Comment