मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड तिमी !
लड्नेछौ है कुनै दिन खुट्टा तान्न छोड तिमी !
सधै भरी झुठो कथा रच्दा आफै फसौला है
इर्ष्या गर्दै अरु माथि जाल हान्न छोड तिमी !
कस्को नै पो भलो भा छ घमण्डमा बाँच्दा खेरि
दुष्ट्याई को चरित्र त्यो अब धान्न छोड तिमी !
भ्रम मात्र हो त्यो तिम्रो हत्केलाले सुर्य छेक्ने
बग्या खोला रोक्छु भन्ने बात मान्न छोड तिमी !
No comments:
Post a Comment