Sunday, August 12, 2012

यसरी आउदोरहेछ माया !


एक्लै पथवन्चित भै भड्किरहेको जीवनमा ,
मार्ग निर्देशक बनी कोही आइदिंदोरहेछ..!
सुन्यता र सन्तापमा तड्पिरहेको मनमा ,
अचानक उत्साह उमंग छाईदिंदोरहेछ ..,

निराशाहरुमा आशाको बीज रोप्दै ,
यसरी आउदोरहेछ माया जिन्दगीमा ,
प्रेरणाको अविरल बर्षात गराउदै ...!,
   
   
खुशी र हिम्मतका प्रचन्ड रोशनी ल्याई
     सन्त्रासका सारा अँध्यारोपन हटाइदिंदोरहेछ ,
अटुट बिश्वासको जन्म गराई दुई आत्मामा ,
हिच्किचाहट र सन्देहको नेपथ्य उघारदै ,
एक बनाउन दुई अलग जिन्दगीलाई
यसरी आउदोरहेछ माया .......
सुमधुर सम्बन्ध स्थापित गर्नलाई ..!

No comments:

Post a Comment