Tuesday, October 9, 2012

गुरुङ् कै पो छोरीलाई !

मुसुमुसु हाँस्दै मन चोर्ने मोरीलाई !
टप्प टिपी लान्छु गुरुङ् कै पो छोरीलाई !

माया गर्छु भन्दा भाउ मात्र खोजीर’ने
त्यागीदिन्छु अब सबै छुच्ची गोरीलाई !
टप्प टिपी लान्छु गुरुङ् कै पो छोरीलाई ! !

बाँध्न आयो भने जात भात भन्दै कोही
काटी दिन्छु आफै भेदभाव् को डोरीलाई !
टप्प टिपी लान्छु गुरुङ् कै पो छोरीलाई ! !

 

No comments:

Post a Comment