Thursday, May 24, 2012

11 , गजल

बात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !
घात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !

खण्ड खण्ड पार्न हाम्रो एकता षडयन्त्र नयाँ रचेर
लात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !


सारा सुविधामा आफै बाँचेर हामीलाई सास्तीमय यो
रात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !

प्रण गरी विकासको सधै नै समस्य र यातना रुपी
खात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !

भोलिवाद जप्दै अझै योजना थाती राखी आश्वासनको
 पात मात्र दिनेलाई जिउँदै जलाउनु पर्छ जनता !

No comments:

Post a Comment