Thursday, May 24, 2012

17 , गजल

सारी होइन मिनी स्कट लाउ भन्छ लोग्ने !
सोह्रा शृंगार गरी डिस्को जाउ भन्छ लोग्ने !

फुर्नु फुरेछ मै मोरीको भाग्य पनि हेर
बराबरी छौ, नछुनु है पाउ भन्छ लोग्ने !


साल्सा नृत्य पो गरौ भन्दै अंगालोमा कस्दै
छिट्टै इंग्लिस सोलो गीत गाउ भन्छ लोग्ने !

पाप होइन पुन्य होरे पतिपत्नी रम्नु
इतिहास मै लेख्छु हाम्रो नाउ भन्छ लोग्ने !

तिम्रो खुशीनै मेरो खुशी प्राण तिमी मेरै
दुख पर्दामा एकै होनि घाउ भन्छ लोग्ने !

No comments:

Post a Comment