यौवनको प्यास संगै नशा थोरै घोली हेर !
समिपैमा आउ तिमी खुल्छ आफै चोली हेर !
कति रोक्नु उर्लिरने मात सधै मन भित्र
सुम्पिदिए तनमन सबै तिमी खोली हेर !
तड़पाउन छोड अब चुम्दै अंग अंग भरी
शिकार नै बने तिम्रो हाने हुन्छ गोली हेर !
नशालु यी आँखा संगै तिम्रो आँखा जुधाउँदै
आफैलाई मेरो सारा तनैभरी मोली हेर !
No comments:
Post a Comment