Sunday, May 27, 2012

19 , गजल

देशमा एकता लिई आउ संविधान आज !
साकार सपना बनि छाउ संविधान आज !

व्यर्थैको नहोस दश वर्षे जनयुद्द हाम्रो
देशमा मोहर यस्तो लाउ संविधान आज !


धैर्यता अंगाली चुप छन् है जन आज सम्म
कसम भलाइ गर्ने खाउ संविधान आज !

नविन चेहरा नेपालको आशा पूर्ण गरी
युगौ बाँच्ने निती श्रेष्ठ गाउ संविधान आज !

गल्ति गर्दा फाँसी दिने सुकार्यमा साथ रही
बन्न सक फैसलाको पाउ संविधान आज !

तहस नहस हुन सक्ला क्रोध बढ्यो भने
नदेउ है त्यो पुरानो घाउ संविधान आज !

No comments:

Post a Comment