निराशाले छाको बेला आश बनी आयौ तिमी,
साथीहरु बीच पनि खास बनी आयौ तिमी !
वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ,
जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी !
चोटैचोट्ले लास जस्तै भइ सक्या देह भित्र,
संवेदना भर्दै म मा सास बनी आयौ तिमी !
आँशु भित्रै हाँसो खोज्ने उत्साह त्यो जगाउदै,
बाँच्छु भन्ने चाहनाको रास बनी आयौ तिमी !!

No comments:
Post a Comment