घमण्ड त्यो भयङ्कर अग्नि
जसले माया र भरोसालाई
पलभरमै जलाएर राग बनाइदिन्छ !
अभिमान त्यो बिसालु काँडा
अरु माथि प्रहार गर्न खोज्दा ,
जसले माया र भरोसालाई
पलभरमै जलाएर राग बनाइदिन्छ !
अभिमान त्यो बिसालु काँडा
अरु माथि प्रहार गर्न खोज्दा ,
त्यसको निशाना मा आफै परी ,
चोटहरु सहना बाध्य बनाइदिन्छ !
तिमी .......,
सन्देहको धरातालमा उभिएर
मेरो माया ,
मेरो इमानादारितालाई ,
मेरो समर्पण
र मेरो बिश्बासहरुलाई कसरी नाप्न सक्छौ ?
जबकी यी सब अपारदर्शी छन् ,
तिमी पारदर्शिताको गणना गर्दै
मेरो मायाको मुल्यांकन गरिहिड्छौ ...!
माया नाप्नालाई
सन्देहको झुलामा होइन ,
भोगाइको तराजुमा तौलिन सक्नु पर्छ ,
विस्वास र बिनम्रताको सागरमा
चुर्लुम्ब डुब्न सक्नु पर्छ ....!
अभिमानी बन्नु मुर्खता हो ,
अभिमानले तिमीलाई मात्र पतन गर्याउनेछ...,
अभिमानलाई साथसाथै लिइ हिड्यौ भने
त्यो दिन टाढा छैन ,
जब तिम्रो माया ,
तिम्रो मन ,
तिम्रो सहारा ,
तिम्रो आशा र सपनाहरु ,
तिम्रो विस्वास र भरोसाहरु
तिम्रो साथ त्यागेर टाढा जानलाई
....................बाध्य हुनेछन !
त्यो बेला तिमीसंग तिम्रो अभिमानसंगै
पश्चाताप , धिक्कारता र आसुहरुको नीर बाहेक
केही रहनेछैन ! केही हुनेछैन ......!
त्यो बेला तिमीसंग तिम्रो अभिमानसंगै
ReplyDeleteपश्चाताप , धिक्कारता र आसुहरुको नीर बाहेक
केही रहनेछैन ! केही हुनेछैन ......!
सजना जी प्रस्तुती सन्तोष जनक मात्रै होइन बेहद मिठो छ ....यहाँ अलिकति ''आसु''शब्दमा खड्किन पुगें यसलाई ''आँशु'' बनाउन पाए कसो हुन्थ्यो होला !! अन्यथा नमान्नु होला है अग्राजको शिर्जनामा पनि खोट लगाउने चेष्टा गरेकोमा क्षमा प्रार्थी छु .....''जदौ''
.....कृष्ण जलन
अवश्य पनि कृष्ण जी , मुरी मुरी धन्यबाद सुझाव सहितको प्रेरणादायी प्रतिक्रियाको निम्ति हजुरलाई !
Delete