Wednesday, May 23, 2012

गद्द्य कविता ( ए ! मन् , तँ मूर्ख नबन् ... )

तेरो पवित्र प्रेमसँग खेलवाड् गरीतेरो आशा र विश्वासलाई निमोठेर
तँलाई मुर्दा बनाइ पीडाको चितामा होमी जानेको निम्ति
कहिले सम्म ?

उसको भ्रमात्मक प्रेमको घुम्टो ओढी उसलाई सम्झेर रुन्छस् ?
अनि ,
कहिले सम्म ?
आफैलाई दोषी मानि आत्मापीडक बन्दै
बिरह र बेदनाको कालकोठरीमा आफ्नो भविष्यको गला रेट्दै
आफैलाई सजाय दिन्छस् ?
ए ! मन् , तँ मूर्ख नबन् ...
यो समय धोकेबाजलाई याद गर्दै रुनलाई होइन ,
यो समय त आफुलाई सम्हालेर अगि बढ्नको निम्ति हो ,
त्रुटीहरु लाई औल्याउदै केहि सिकी
यो समय अन्मोल जिन्दगीको अस्तित्व खोजि गर्नलाइ हो !
सहास र लगनशीलताको मसीले
निराशाका शुन्यामय पानाहरुमा सुनौलो कर्मरेखा कोर्नलाइ हो ,
वर्तमानलाई स्वीकार्दै सुमार्ग चुनी
खुशी र सन्तुष्टिको नपखालिने रंग भर्नलाई हो !


No comments:

Post a Comment