एसएलसि पश्चात नर्स पढ्ने अत्यन्तै गहिरो इच्छा हुँदाहुँदै, अभिभावकले छोरीले धेरै पढेर के गर्नु भन्ने गरेको र आर्थिक रुपमा सबल रहेर पनि बाबुआमाले नर्स पढ्न नदिएको दुखेसो गर्ने गजलकार सजना गुरुङ्ग, यदि नर्स भएकी भए, आज गजलकार हुँदिहुन् या नहुँदिहुन् ?
तर आज उनी एउटा सफल महिला गजलकारको रुपमा नेपाली साहित्यको आकाशमा चम्कने सक्ने ताराको रुपमा देखिएकी छिन् । उच्चशिक्षा पढ्ने चाहनाका अतिरिक्त आइएडमा भर्ना भैसकेको अवस्थामा पनि आफ्नो अध्ययन पुरा गर्नु अगावै इजरायलको रोजगारका लागि विदेसिएकी सजना गुरुङ्गको दयालू भावना सागर भन्दा गहिरो पाएको छु मैले । बाआमाले आजिवन वास्ता नगरेको, आफ्नै खुसीमा मस्त रहेर छोराछोरीले के गरे, कसो गरे समेतमा चासो नलिएकोले हजुरआमाको स्नेह र रेखदेखमा हुर्किएकी एउटा नेपाली चेलीले धनसम्पती भएको घरमा जन्मिनु र हुर्किनुका अतिरिक्त, बाआमाको जिम्मेवारी स्वरुप भाइ बहिनीको भविष्यको चिन्ता गरी आफूलाई कलिलो उमेरमा परदेशमा होमेको कुराले आज उनलाई बढी सम्वेदनशील बनाएको रहेछ । उनको अभिव्यक्ति लिन खोज्दा, उनले मलाई भनेका केही हरफहरु यस्ता छन्ः "दाजु यो कुरा खै हजुरलाई कसरि भनु ? मेरो घरको आर्थिक स्थिति अति राम्रो छ । तर दुःखको कुरा मेरो बाबा आमालाई हाम्रो कुनै वास्ता नै छैन । म घरको जेठी छोरी, मेरो एक बहिनी अनि दुइ भाइहरु छन् । जुन माया, आफ्नोपन र वास्ता हरेक सन्तानले आफ्नो अभिभावकबाट पाउने गर्छन्, त्यसबाट समेत हामी वन्चित भएको आभास म मात्र होइन, मेरो भाइबहिनीले पनि गर्दछन् । उनीहरुको लागि म नै हुँ अभिभावक । आमाबाबाले हामीलाई जन्म दिनुभयो त्यसैमा हामी खुशी छैां । हाम्रा लागि हजुरआमा नै आमा हुनुहुन्छ, वहाले नै दिएको संस्कार, असल सिखले गर्दा म अहिले यहाँ सम्म आइपुगेकी छु ।"
यस्ता कमै मानिसहरु हुन्छन् जो आफू वाहेक अरुको भविष्यका लागि सिंगो निजी जीवनको आहुती दिन्छन् । भाइबहिनीको भविष्यका लागि आफ्नै भाइबहिनीहरुको अभिभावक भएर परदेशको कठीन काममा संलग्न सजना, विविध जिम्मेवारीगत कामका चापमा परी, मनका कुण्ठा र बह पोख्ने साधनका रुपमा गजल, कथा, उपन्यास र कवितालाई अंगिकार गरेकी रहिछन् भन्ने कुराको प्रमाण दिन्छन् उनका गजलहरुले ।
वर्तमानमा चोखो माया गर्ने कोही छ र ?
आफ्नाको निम्ति यहाँ मर्ने कोही छ र ?
जसलाई हेरौ पैसा कै पछी मात्र भाग्ने
गरीबको मनमा रश्मि छर्ने कोही छ र ?
हालसालै कुनै जाली प्रेमीको जालबाट उम्किएकी गजलकारका गजलहरुमा मायाको प्रताड्नामा परेका अनेकौं भावनाहरु समेटिन्छन् । उनी यहाँ यी हरफहरुमा चोखो मायाको गुहार गर्छिन् । त्यो माया जुन उनले नाबालक छँदा आफ्नै खुसीमा रमाएका बाआमाले नदिएको माया, त्यो माया जो उनको कथित प्रेमीले नदिएको मायाको खोजीमा रहेको मनको बहलाई गजलको सामग्री बनाएकी छन् ।
जता हुन्छ फाइदा त्यतै तिर धाउँछन्
विना स्वार्थ आशाहरु भर्ने कोही छ र ?
ऐश आराम गर्न खोज्छन् अरु कै माथि
आफै परिश्रम गर्नअघि सर्ने कोही छ र ?
यस्तै यस्तै भावनाका गजलहरू बढी पस्किने महिला गजलकारको रुपमा उदिएमान गजलकार सजना गुरुङ्गका यी अभिव्यक्तिले अहिलेका अधिकांश मानिसको चरित्र बोलेको पनि बुझिन्छ । साथै निजी एशोआरामका लागि अरुको इच्छाआकांक्षालाई कुल्चिने आफ्ना कथित प्रेमी र अभिभावक प्रतिको व्यंग जस्तो लाग्ने यी शेरहरुले जीवनको आधार बनाउनु हुन्न भन्ने सन्देश पनि दिन्छ यहाँ । भाइबहिनीहरुको भविष्यका लागि आफै परिश्रम गर्न अघी सरेकी सजनाको जीवनको वास्तविकता पनि प्रस्ट्याउँछ यस शेरले ।
गत महिना खाडीक्षेत्रमा दुबै मृगौला गुमाएर मृत्यूसंग लडीरहेका कवि तिर्थ गुरुङ्गको उपचारका लागि फेसबुकबाट हारगुहार भएको देखेर रु.५० हजारको रकम सहयोग गर्ने महिला गजलकार सजनाको समाजसेवाको यो उदाहरण श्रहानीय मात्रै होइन, अनुकरणीय पनि छ । साथै उनको निश्वार्थ सेवाभावी मनको उदारताको प्रमाण समेत दिएको छ । मलाई त माथिका त्यी शेरमा उनले दिन खोजेको निःस्वार्थ नर्ससेवा देखि, भाइबहिनीको भविष्यका लागि सानै उमेरमा जिम्मेवारीबोध गरेको प्रशंग र कवि तिर्थ गुरुङ्गको सेवाका लागि देखाएको अग्रगामी कदम सबैको प्रतिनिधित्व गरेको महसुस भयो । यसरी उनका गजलमा उनको निजी मनको आदर्श बोल्छ भन्दा फरक पर्दैन जस्तो लाग्छ ।
कलेज पढ्दा सहपाढी मिलन गुरुङ्गले कलेजको पत्रिकामा शान्ती कविता र सर्मपण कथा प्रकाशित गरी दिए पछि साहित्य यात्रामा लम्किएकी सजना उसो त भारतको ग्वालियरमा पढ्दा बाल्यकाल देखि नै कविता र सायरीहरु पनि लेख्ने गरेको बताउँछिन् । गजल यात्राका प्रेरक टीका रानामगर र थर थाह नभएका कुनै सुवास दाजुलाई मान्ने उनको पहिलो गजल, पर्वतको कुश्माबाट प्रकाशित हुने गण्डगीका छालहरुमा प्रकाशित भएको उनको मिठो अनुभवले आज इजरायलको बसाइमा पनि एक्लोपनको साहारा भएको रहेछ । फेसबुकको दुनियाँमा उनको गजलको यात्रा बढी खारिदै गएको, थुप्रै साथीभाइहरुका माझ पुगेको र आफूलाई थप प्रेरणा दिएको उनको कृतज्ञताका पात्रहरु धेरै जना रहेछन् । नामै तोकेर भन्ने आग्रहमा उनले रुबेन पुन र कुमार श्रेष्ठहरुले उनका गजलमा थप सुगन्ध भर्न मद्दत गरेको बताउँछिन् । हाल छन्दमा गजल लेख्ने प्रयासमा जुटेकी सजनाले जेन पुनबाट समेत सिक्दै गरेको उनको यद्यपी सिक्दै गरेको र गजलको वास्तविक अनुरागी भएर नेपाली साहित्यको आकाशमा रमाउने उनको अन्तरहृदयको अभिव्यक्ति दिन्छ । उनको गजल यात्रामा "नेपालकुवेत डट कमका सुशन गौतम र श्रीकृष्ण दाजूको हौसला र प्रेरणा कदरयोग्य त छ नै अविस्मरणीय समेत छ" भन्छिन् उनी । यसरी विभिन्न व्यक्तिहरुले उनको गजलयात्रामा महत्वपूर्ण भूमिका निभाएको कुरालाई उनको यात्राको माथिल्लो खुड्किलो ठान्दछिन् । हाल ग्लोबल नेपाल न्यूजमा मैले लेख्ने यस गजलकारका कुरा नामक स्तम्भमा छनोटमा परेको खुसी व्यक्त गर्दै सम्पूर्ण विश्वव्यापी नेपाली र स्वदेशी नेपालीहरूमा समर्पित यस न्यूज पोर्टलले छोटो समयमा पाएको प्रशिध्दिले उनको प्रशिध्दि पनि बढाउँदा गजल लेखनमा बढी केन्द्रीत रहने दृढता व्यक्त गरिन् ।
हालसम्म लगभग २०० जति गजलहरु लेखि सकेको बताउने उनको अरु मन पर्ने गजलकारहरु शान्ती नारायण श्रेष्ठ, जाने तमू, लक्ष्मण मिलन बिष्ट, अस्मी जिएम, मनोज काफ्ले मनसुन हुन् भने फेसबुक अर्न्तगतको साहित्य र साहित्यकारको जम्काभेट झुत्रेजेठा भन्ने समूहको समेत ठूलै योगदान रहेकोले ती सबैलाई धन्यवाद समेत दिएकी छिन्, सजनाले म मार्फत । गजल भनेको उनको परिभाषामा, मनको पीडामयी, खुसीमयी भावहरुलाई रदिफ र काफियाको सुमधुर समयोजन व्दारा एक नियमवद्ध रुपमा बाँधिएर पोखिएको लयात्मक अभिव्यक्ति हो रे । उनको यो परिभाषा कति सान्दर्भिक छ छैन, त्यो त जानकार ज्ञाताहरुले भन्ने कुरा हो । जे होस् मैले बुझेको कुरा पनि त्यही हो कि सजनाले गजललाई राम्ररी बुझेकी रहिछन् र गजल लेखनका नियमहरुको पालना गर्नु उनको आजभोलीको दिनचर्या नै बनेको पनि देखिन्छ । दिनहूँ उनका गजलहरु फेसबुकको वालमा सजिन्छन्, थुप्रै उनका पाठकहरुले उनको गजलको स्वाद लिन्छन्, श्रहाना गर्छन् र थप उत्प्रेरणा समेत प्रदान गर्दछन् । समग्रमा भन्दा सजना, यस दशकमा देखिएकी केही सफल महिला गजलकारहरुको पंक्तिमा झट्ट नाम लिनुपर्दा अगाडी आउने नाम हो नै ।
भारतीय सैनिकमा सेवा गरेका भूपु सैनिक पिता कुम बहादुर गुरुङ्ग र माता मिना गुरुङ्गको कोखबाट सन् १९८४, नोवेम्बर ५ मा भूकताङले, २ पर्वतमा खान्दानी धनी घरमा जन्मिएकी सजना भने अहिले सम्म अविवाहित भएर पनि परिपक्क अभिभावको रुपमा भाइ र बहिनीहरुको भविष्यको लागि बढी चिन्तीत रहेकी छन् । निकट भविष्यमा गजल संग्रहका अतिरिक्त सौतेनी आमा नामक कथा संग्रह लगायत एउटा सामाजिक उपन्यास प्रकाशन गरी तिनैलाई आफ्ना सन्तानको रुपमा स्नेह गर्ने र नेपाली साहित्यमा समर्पित रहने चाहना विवाह भन्दा बढी दृढ रहेको बताउँछिन् ।
उनैको योगदानले भाइबहिनीहरुको सवल भविष्यको कामना गर्दै कवि तीर्थ गुरुङ्गको सेवा क्षेत्रमा जस्तै अन्य सहयोगले सफल समाजका लागि समेत अतुलनीय योगदान दिने सशक्त महिला गजलकार सजना गुरुङ्गको प्रयास एउटा कोशे ढुङ्गा सावित होस् र उनको साहित्यीक यात्रा भोलीका दिनहरुमा गजबको उदाहरण बनोस्, यही शुभकामना छ, मेरो पनि ।
समिक्षकः पूर्ण बन्धन

गजलकार सजना गुरुङ्गज्यूका बारेमा यो सामग्रीका लागी धेरै-धेरै धन्यवाद । मैले पनि उहाँको एउटा गजल 'पहिलो भेटमै मतिर कस्तो गोली हान्यौ तिमीले .....', गाउने मौका पाएकी छु । यो सामग्री पढेर खुशी लाग्यो ।
ReplyDelete