Thursday, May 24, 2012

गजल

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफै !
दिन बनाइ रातलाई उठ्नु पर्छ आफै !

देश शृंगार्ने चाह भए स्वदेशकै तीर् मा
परिश्रमको गिट्टीहरु कुट्नु पर्छ आफै !


अल्छी भएमा रवि छदै हुन्छ मध्य निशा
सारा फाइदा रोशनीको लुट्नु पर्छ आफै !

सत्य प्रेममा प्रियतम् को इच्छा पुरा गर्न
गगनको त्यो तारा जस्तै टुट्नु पर्छ आफै !

जोडी साइनो भर पर्दा घात गरे पछि
साथ त्यागदै आफन्तको छुट्नु पर्छ आफै !

 

No comments:

Post a Comment