Thursday, June 28, 2012

गजल

उठेको माथलाई नजर नलागोस् दुनियाँको !
 हाम्रो यो साथलाई नजर नलागोस् दुनियाँको !

ओइली झर्न लाको गुलाब टिपेर शिर राख्ने
दयालु हातलाई नजर नलागोस् दुनियाँको !


निराशा मेटी सबै आशाको मुहान फुटाउने
मायाको खातलाई नजर नलागोस् दुनियाँको !

हारेको मनभरी उत्साह , प्रेरणा जन्माउने
सुमधुर् बातलाई नजर नलागोस् दुनियाँको !

औशीको अधेरी त्यो हटाई रोशनी मन्द छर्ने
जुनेली रातलाई नजर नलागोस् दुनियाँको !

No comments:

Post a Comment