रमाउदै हुरी पर्म गरेको याद आयो !
कोदो मकै बारी भरि छरेको याद आयो !
लुकिछिपी छिमेकीका कान्लाको हरियो त्यो
घाँस चोर्दै डोको मेरो भरेको याद आयो !
अषाढमा स्याकु ओढ़दै धानको बीउ बोकी
लेख बाट बेंसी तिर झरेको याद आयो !
हर पल नयाँ नौलो बहाना बनाउदै
चौतारीमा तिम्रो छेउ सरेको याद आयो !
No comments:
Post a Comment