शरद ऋतुको स्वागत गर्दै फक्रिएका यी पुस्पहरुमा
आपसी असमजदरिताका दुर्गन्धहरु नफैलिउन ,
मान्छेलाई बन्दुक देख्ने ,मान्छेको आवाजलाई
गोलि पड्केजस्तै सुन्ने हाम्रा त्रसित
दृस्टीकोण र सुनाइहरुका भ्रमात्मक पर्दाहरु हटीदिउन !
बिगत अबिश्वाशानिया भएपनि
भबिश्यामा विश्वासका हातहरु मिलाउन सकौ,
हर निमेस आपसमा
समझदारिपुर्ण घडीहरुका सृजना गर्न सकौ ,
मौसम होइन , ऋतु मात्रै पनि होइन
देशको परिस्थिति नै बदलिउन !
फूलपातीका डोली बोक्ने काँधहरु
अकाल मृत्युका शैयाहरु बोक्ना बाध्या नबनुन ,
बिजया दशमीको टिका लगाउना आतुर मातापिताका हातहरु
आफन्ताका दर्दानाक लासहरुमा
कात्रो ओढाउन बिबस नबनुन ,
दशैको पावन अवसरमा
बिदेसिएका सन्तान अगमन हुने आशामा
हर्स बिभोर भएका मनहरु
यो संकटकालमा परेर शोक र असंतुस्टिका
दुखित आँसुहरु झार्न लाचार नबनुन !
दशैँ ,
हत्या र हिंसाको मेला होइन ,
बम र बारुदको धमाका होइन ,
एक आपसको लडाई पनि होइन ,
रवाफ सो गर्ने चाड पनि होइन ,
दशैँ कसैको लागि दशा होइन
दशैँ त मेलमिलापको पर्ब हो ,
महान आत्माहरुबाट
आसिर्बाद ग्रहण गर्नका लागि हो ,
सत्य हरुले असत्य माथि
बिजय हासिल गर्नका लागि हो !
आऊ........,
सबै मिलेर मन्दिरहरुमा शान्तिका घंटी बजाऔ,
शान्तिका प्रतिक परेवाहरु उडाऔ ,
पबित्र ,निश्छल मन लिई
शुभकार्य गर्न अग्रसर हत्केलाहरुले
शान्तिका दीपहरु जलाऔ !!!
आपसी असमजदरिताका दुर्गन्धहरु नफैलिउन ,
मान्छेलाई बन्दुक देख्ने ,मान्छेको आवाजलाई
गोलि पड्केजस्तै सुन्ने हाम्रा त्रसित
दृस्टीकोण र सुनाइहरुका भ्रमात्मक पर्दाहरु हटीदिउन !
बिगत अबिश्वाशानिया भएपनि
भबिश्यामा विश्वासका हातहरु मिलाउन सकौ,
हर निमेस आपसमा
समझदारिपुर्ण घडीहरुका सृजना गर्न सकौ ,
मौसम होइन , ऋतु मात्रै पनि होइन
देशको परिस्थिति नै बदलिउन !
फूलपातीका डोली बोक्ने काँधहरु
अकाल मृत्युका शैयाहरु बोक्ना बाध्या नबनुन ,
बिजया दशमीको टिका लगाउना आतुर मातापिताका हातहरु
आफन्ताका दर्दानाक लासहरुमा
कात्रो ओढाउन बिबस नबनुन ,
दशैको पावन अवसरमा
बिदेसिएका सन्तान अगमन हुने आशामा
हर्स बिभोर भएका मनहरु
यो संकटकालमा परेर शोक र असंतुस्टिका
दुखित आँसुहरु झार्न लाचार नबनुन !
दशैँ ,
हत्या र हिंसाको मेला होइन ,
बम र बारुदको धमाका होइन ,
एक आपसको लडाई पनि होइन ,
रवाफ सो गर्ने चाड पनि होइन ,
दशैँ कसैको लागि दशा होइन
दशैँ त मेलमिलापको पर्ब हो ,
महान आत्माहरुबाट
आसिर्बाद ग्रहण गर्नका लागि हो ,
सत्य हरुले असत्य माथि
बिजय हासिल गर्नका लागि हो !
आऊ........,
सबै मिलेर मन्दिरहरुमा शान्तिका घंटी बजाऔ,
शान्तिका प्रतिक परेवाहरु उडाऔ ,
पबित्र ,निश्छल मन लिई
शुभकार्य गर्न अग्रसर हत्केलाहरुले
शान्तिका दीपहरु जलाऔ !!!
No comments:
Post a Comment