Thursday, June 7, 2012

उपेक्षित अपेक्षाहरु ..!

जीवनको यो मोडमा आज किन किन ,
मेरो मायाको नापतौल गर्दै मेरो वर्तमान
मेरो निश्छलतामा कयौ प्रश्नहरु सोधिरहेछन ,
म अनि मेरो सत्यतालाई कसरी परिभाषित गरूँ ?


सत्यतालाई देख्न सक्ने आँखाहरुमा
पहिलेनै संदेहका पट्टिहरु बाँधी सकेछन ..!
सोच्थे शिक्षाको प्रविन रोशनीले
मानिसको संकुचित मनलाई फराकिलो पारिदिएको छ आज ,
सीताको सतित्वमा अग्नि परिक्षा माग्ने रामहरु
सन्देहको अन्त गरी प्रायश्चित गर्न चाहान्छन आज ,
अपशोच ! यो वर्तमान अभिमानी बनि
निरन्तर उपेक्षित गर्दैछ मेरो अपेक्षाहरुको ...!
लड़खडाएका कदमलाइ साथ् दी अघि बढ्ने सहास गर्दा ,
वर्तमान मेरो माया र साथमा खोटहरुको खोजि गर्न थाल्छ,
सत्यलाई मिथ्य सम्झी ,
मिथ्या माथि उभिएर फेरी सत्यताको खोजि गर्न थाल्छ ..,
म जति प्रेम बाट्ना खोज्छु ,
विनाम्रतामा जति झुक्न खोज्छु ,
सत्यतालाई जति प्रष्ट्याउन खोज्छु ,
मेरो वर्तमान ,
मलाइ झुठो घोषित गर्दै ,
मेरो असफलता माथि खित्का छोडी हाँस्न थाल्छ !
हर मोडमा उपेक्षित छन् मेरा अपेक्षाहरु ...!

No comments:

Post a Comment