Monday, June 25, 2012

समयले मनबाट उस्को नाम मेटे पछि !
नयाँ अर्थ पाएँ मैले तिमीलाई भेटे पछि !

पीडाहरु जति सबै आँशुले नै बगाएछ
मुनाफा भो जिन्दगीमा उसले झन् रेटे पछि !


अतित त्यो भुलाएर हाँसी बाँच्छु भनि ठाने
मौका दिंदै आएको यो वर्तमान देखे पछि !

हारे जस्तो लाग्थ्यो हिजो गुमाउँदा झुठो खुशी
धन्य भएँ प्रभु आज न्याय तिम्ले लेखे पछि !

No comments:

Post a Comment