Monday, June 25, 2012

तनै भरी यस्तो प्यास जगाउदै आउ जेठा !
अंग अंग हल्का हात लगाउदै आउ जेठा !

खुल्न सकूँ तिमी जस्तै रमाएर मात भित्र
मनै बाट लाज सर्म भगाउदै आउ जेठा !


जुनी जुनी लागिरहोस् तृष्णा तिम्रै प्रेमको त्यो
तृप्ति खोज्ने नौलो नशा मगाउदै आउ जेठा !

खुशी पोख्दै मुस्कुराई चुम्न मेरो ओठ तिमी
सन्तुष्टिको हिम नदि बगाउदै आउ जेठा !

No comments:

Post a Comment