समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक सुख दु:खमा तिमी सँगसँगै उभिनेछु भनेर सारा दुनियाँको सामु वाचा गर्ने जीवनसाथीले अहिले आएर मलाई नै चरित्र हिनताको यती निक्रिस्ट कलंक
लगाएर टाढा हुनेछ भनेर । जव म अहिले जिन्दगीको त्यो मोडमा छु, जुन अति दु:खद मोड अनि पिडादायी पलको रुपमा मेरो अगाडि उभिइरहेको छ । मलाई पलपल उसको साथ र मायाको अती आवश्यक परेको आभास भइरहेको छ । घर परिवारको दुर्व्यवहाँरले मलाई भित्र भित्रै यती कस्टकर गतिमा रेटिरहेको छ फेरिपनी रुनु को सँग ? आपतबिपतमा साथ दिने आफ्नैले पिंडा दिएपछि मनको बह पोख्नु कोसँग ? कति सहनु र कहिले सम्म सहनु यी दुर्व्यावहार र दुर्वचनहरु ? हो म नारी हुँ, कुनै निर्जिब मुर्ति होइन म । म स्वीकारछु यो सत्यतालाई कि विवाह भएको आज पन्धौं बर्षा हुँदासम्म पनि म आमा बन्न सकिन, यो मेरो दुर्भाग्य हो चाहना होइन । मलाई पनि त आमा बन्ने अदभुत चाह नभएको होइन । तिम्रो र तिम्रो घरपरिवारको बच्चा खेलाउने रहरहरुलाई साकार रुप दिन मन नभएको होइन तर म के गरुँ ? म आँफै ठगिएकी छु बिधाताको यो बिधानबाट ! मलाई वन्चित गरिएको छ प्रकृतिको यो अपरिहर्य नियमबाट ! किन ? के कारण भनेर कोही मलाई प्रश्न सोध्न अगाडि नबढ किनकी यी प्रश्नहरुको सोधाइहरुसंगै म जीवन व्यतीत गरिरहेकी छु
सबै क्रियाकलापहरुको एउटा हद हुन्छ । माया गर्नुको, घृणा गर्नुको, अन्याय गर्नुको र अन्याय सहनुको ? हो म स्वास्नी मान्छे हुँ तर कसैको गोठमा बाँधिएर राखिएको चौपाया होइन जो बाँझी छ भन्ने जानकारी पाउनसाथ काटेर मासुको बिलो लगाइ बिक्रिमा राखिदिने ! न म बजारबाट किनेर ल्याइएको त्यो खेलौना हुँ जसको एउटा भाग निस्कृय हुनासाथ कुनै फोहोरको बट्टामा लगेर फ्यालिदिने ! तर आज म निसन्तान हुँदा तिमीले मेरो गणना त्यही एक निर्जिव सस्तो खेलौना सँगै गरिदियौ, जो जबसम्म मानिसको स्वार्थ पुरा गर्न सक्छ तबसम्म मानिस त्यसलाई आफ्नो साथमा राख्दछ र जब त्यसले मानिसको स्वार्थ पुरा गर्न असमर्थ हुन्छ स्वार्थी मानिस त्यसलाई धेरै टाढा मिल्काइदिन्छन् । तिम्रो जिन्दगीको सबै सबै चाहना र आवश्यकताहरु पुरा गरें मैले, मात्र एउटै चाहना पुरा गर्न असफल भएँ तिम्रो बच्चाको आमा बन्न, तिम्रो सन्तानलाई यो दुनियाँमा ल्याउन ! मेरो यही एउटा कम्जोर पक्षलाई पकडेर मेरो यो कोमल र पीडित मनलाई जीवनसाथी भएर राहत र सहनुभुति दिनुको सट्टा नगन्य आरोप, दुर्व्यावहार र दुर्वचनरुपी तरवारले निरन्तर रेटिरह्यौ ! तिमी र तिम्रो परिवारबाट गरिएको ती सारा अत्याचारहरु जब मैले चुपचाप सहँदै तिमीसँगै जीवन बिताउने जिद्दीमा म अडिरहें । तिम्रो स्वार्थी मनले यती निक्रिस्ट र तुच्छ षड्यन्त्र गर्नपुगेछौ कि यसको कल्पनासम्म मैले गरेकी थिइन । मान्छे आफ्नो स्वार्थ पुरा गर्नलाई यहाँसम्म गिर्दो रहेछ कि मलाई त बिश्वास नै हुँदैन । म त आजसम्म यही भ्रममा बाँचिरहेकी थिएँ कि विवाह पश्चात लोग्ने र स्वास्नीको तन मन, इज्जत सबै सबै एक हुन्छन तर म गलत रहेछु । तिमीले कसरी मेरो चरित्रमा दाग लगाउन सक्यौ ? मेरो स्वास्नी हुनुको इमान्दारितालाई जानी जानी कसरी चरित्रहिनताको कुसंग्या दिन सक्यौ ? यही स्वार्थको लागि हैन ? ता कि यी सब सहन नसकी म वाध्य भएर तिमीसँग सम्बन्ध बिच्छेद गर्नलाई राजी बनुँ ? किन समाज मानिसको कैयौं सबल र सही पक्षलाई अन्देखा गरी एउटै कम्जोर पक्षलाई महत्व दिन्छ ? किन ? प्रकाश ! मैले चाहेको खण्डमा जे पनि गर्न सक्छु, तर अब म तिम्रो सामु न त रुँदै बिन्ती गर्नेछु न त कुनै बिरोध ? प्रकाश ! नारी , कानुनले लेखिदिएको नारी हकहितका नियमहरुको जानकारी लिएर होइन यस्ता बिसँगतिपूर्ण मोडहरुमा आफ्नो जिबनसाथी र परिवारको माया र अत्मीयताको प्राप्ति अभास गरेर जिउना चाहन्छ । जब त्यो आत्मसम्मान र आत्मीयताबाट नै मलाई वन्चित गराइन्छ भने एउटै घरमा परिवार बनेर बस्नुको के अर्थ ? जब लोग्ने र स्वास्नी बीचको समीप्यता र एकर्कामा समर्पित हुने भावहरुनै स्वार्थको अग्निमा जलेर भस्म भैसकेपछि एउटै बिस्तारामा जीबनसाथी बनेर पल्टनुको के अर्थ ?
आफ्नै लोग्नेद्वारा चरित्र हीनताको आरोप ! यती घीनलाग्दो आरोप स्वीकारेर म कसरी तिमीसँग प्रेम र सहाराको आशा राख्न सख्छु र ? प्रकाश ! तिम्रो सामु म हारें, तिमीले मलाई हार स्विकार्न वाध्य बनाइदियौ । यदि तिम्रो बिचारमा यो समस्याको अन्तिम समाधान सम्बन्ध बिच्छेद नै हो भने म तिमीले तयार गरेको छोडपत्रमा राजीखुसीसाथ दस्तखत गर्न तयार छु । सधैं सधैं बाँझी र निसन्तान हुँ भन्ने तिमी र तिम्रो परिवारको हजारौ तुच्छ वचनरुपी बोधको वाणहरु यसरी मेरो मानसिकता भरी खनिएको म अरु सहन सक्दिन । यही त फरक छ प्रकाश, लोग्ने र स्वास्नीमा ! लोग्नेको हरेक
आपतबिपत र बिसँगतिमा ऊ सँगसंगै उभिनसक्नुमा स्वास्नी आफ्नो सौभाग्य सम्झन्छे ! आफ्नो कर्तव्य र महानता सम्झन्छे । तर लोग्ने स्वास्नीमाथि आइपरेको बिकटपलहरुमा उनको साथमा हुनुपर्दा आफ्नो दुर्भाग्य सम्झन्छ । आफ्नो लाछिपन र आँफैलाई नामर्दा सम्झन्छ ।
सारा समाजको सम्मुख्मा मैले सम्बन्ध बिच्छेदको कागजमा दस्तखत गरी पचास हजार रुपैयाँमा आफ्नो बैबाहिक जिन्दगीको अन्त्य गरिदिए, औपचारिक रुपमा । प्रकाशको मुहारमा देखिएको खुशी र हाँसोको रङले उसलाई बिजेता घोषित गरिरहेको भान हुन्थ्यो । प्रकाश ! यदि तिमीमा मानवता भन्ने थोरै मात्र पनि शेष हुन्थ्यो भने तिमी आज लोग्ने र स्वास्नीबीचको अटूट पवित्र बैबाहिक सम्बन्धको यसरी बद्नाम गरेर, यसरी उपहास गरेर रमाइरहेको हुने थिएनौ ! अचानक मेरा नयनहरु प्रकाशको आमा र दुई दिदिहरुमा पर्नगयो । ती मुहारहरुमा पनि खुशी छचल्की रहेको थियो ! एकमन गएर भनु जस्तै भइरहेको थियो , सासु आमा ! के आज मेरो ठाउमा हजुरकी यी दुई छोरी उभिएकी भए पनि यसरी नै हाँस्न सक्नुहुन्थ्यो ? निसन्देह, हाँस्न सक्नु हुने थिएन ! छोरीको पिंडामा दुख्ने मन बुहारी को पिंडामा किन दुख्न सक्दैन ? दिदीमाथि अन्याय पर्दा बिद्रोह गर्ने मन भाउजु माथिको अत्याचारमा किन बोल्न सम्म खोज्दैन ? तर अब मैले गर्ने कुनै पनि बहस र बिन्तिहरु मात्र व्यार्थ हुनेछन । यदि मानिस आँफैलाई सजीव, श्रेष्ठ , चेतनशील , संवेदनशील प्राणी सम्झन्छ भने उसको हरेक निर्णय अरुको भलाइको निम्ती हुनुपर्दछ ! मानिसको हरेक कर्मद्वारा समाजमा सुपरिवर्तन आएको हुनुपर्दछ ! एउटा को दु:खमा अर्को दुखी हुनुपर्दछ ! खुशीहरु बाँडेर हाँस्नुपर्दछ र पिंडाहरु अभास गरेर रुन सक्नुपर्दछ ! सही र गलतको ठिक निर्णय लिन र दिन सक्नुपर्दछ ! प्रकाश ! अब त लाग्छ, तिमीमा सम्बेदना, चेतना ..., सबै सबै मरिसकेको छ बाँकी छ त केवल सन्तान प्राप्तिको अदभुत चाह र आफ्नै मात्र खुशीको पर्वाह गर्ने स्वार्थी मन ! जसरी निस्वार्थ र समर्पणले सबन्धलाई अटुट र दिर्घायु रुप दिँदछ त्यस्को ठिक बिपरित स्वार्थले हरेक सम्बन्धको उपेक्षा गर्दै आफ्नोपन र आत्मियताको अन्त्य गरिदिन्छ !
मेरो कपडा र पचास हजार रुपैयाँ राखिएको झोला बोकेर म त्यो मानिसहरुको भिडबाट निस्किएँ ! जतिजती मेरा पाइलाहरु अगाढि बढाउदथें मनमा त्यतिनै बढि एक किसिमको भयानक बिचलित भुकम्प गइरहेको अनुभव गर्दथें । जबरजस्ती मनभित्र फुटेको भक्कानो र आँखामा छचल्किरहेको आँसुलाई रोकिरहें ! अब म कहाँ जाउँ ? बुढेसकालका बाआमालाई माइतमा गएर के भनुँ र कसरी भनुँ ? किन यी सब कुराहरुलाई मैले कसैसँग भन्न जरुरी सम्झिन ? म गन्तब्य बिहिन हुनपुगें, धेरै सोचें र अन्त्यमा एक निस्कर्षमा पुगेँ आत्महत्या ! जिन्दगीकै अन्त्य गरिदिएपछि न पिंडाको आभास न त खान, लाउन र बस्ने बासकै आवश्यकता ? चारैतिरबाट मुक्ती नै मुक्ती ! अचानक खुट्टा एक ढुङ्गामा ठोक्किएर म लड्न पुगेँ, आँफैलाई सम्हालेर उठी हेर्दा खुट्टाको बुढी औलामा काटेको रहेछ, रगत बगिरहेको थियो । म त्यसै त्यसै आत्तिएँ र रुन थालें । एक पललाई शायद मैले आफ्नो सन्तुलन र समबेदना गुमाइसकेकी रहेछु । त्यसैले त आत्महत्या जस्तो निक्रिस्ट निर्णय लिन पुगें ! मेरो लोग्ने र घरपरिवारले मेरो यो निसन्तान हुने स्वरुपलाई बहिस्कार गरे भन्दैमा के म स्वयंले पनि यस स्वरुपको अपहेलना गर्नु उचित होला त ? सबैको जिन्दगीमा मृत्यु निश्चित छ त फेरी म मर्नको निम्ती हतार किन गरुँ ? ठुल्ठुला लडाईंको मैदानमा बम र बारुदले शरिरको अङ्ग भङ्ग पारिदिंदा पनि जब सम् त्यस सिपाहीको देहमा प्राण जिबित रहन्छ तबसम्मा उ आफ्नो अपाङ्ग शरिरलाइ बैशाखी र पांग्रे कुर्सिको सहारा लिएरै भएपनि बाँच्ने प्रबल हिम्मत राख्दछ ! आफुसँग नभएको कुरालाई बढी महत्व दिएर जिन्दगीलाई निरुत्साहित पार्नु भनेको गलत मनस्थिती हो । जिन्दगीको यो कटु सत्यलाई स्वीकारेर, आत्मसात गरेर म बाँच्ने छु । म परजिबी होइन आफैलाई परजिबी सम्झनु मेरो अज्ञानता हो । प्रकाशबाट अलग्गिएर पनि मेरो जीबनको आफ्नै छुट्टै अस्तित्व छ । र त्यो अस्तित्वलाई जीवन्त राख्ने हर कोशिस म गर्नेछु । असाढको महिना एक्कासी तिव्र गतिमा बर्षा हुन थाल्यो । ओत लाग्नको निम्ती यताउती हेर्दा अली पर एउटा मन्दिर देखेँ । जतिसक्दो छिटो पाइला चाली मन्दिरमा पुगेँ र निर्धक्क भई लामो श्वास फेरेँ र सोंच्न थालें सानो बर्षातदेखि बचाउनलाई ओतको जरुरत ठान्ने जिन्दगी कति अनमोल छ । किन यसलाई व्यर्थ खेर फाल्ने ? आत्महत्या जस्तो कायरता मनमा किन पाल्ने ? जान्दगीदेखि विजय हाँसिल गर्नु नै उचित ठानें र नयाँ ढंगले जीन्दगीको शुरुवात गर्ने निर्णय गरें ।
(जसको जिन्दगीमा यो घटना घट्यो र यी सब जीन्दगीका सत्यतालाई स्वीकारेर पनि बाँच्ने हिम्मत राख्नुहुने मेरी आदरणिय सानिमा चन्द्र गुरुङमा समर्पित ।)

No comments:
Post a Comment