जति पीडा हिजो आज म आफु भित्र महसुस गर्छु यति धेरै पीडा बितेका दिनहरुमा मैले कहिले गरिन ! धेरै रुन्छु , सोच्छु यो आँसुहरुमा बगेर पीडा रित्तिन्छ कि भन्ने भ्रममा तर मेरो पीडा सिद्दिनुको सट्टा अरु थपिदै जान्छ , मात्र थपिदै जान्छ ! न म कुनै गरिब बाबुआमाको सन्तान थिएँ न शारीरिक रुपमा अपाङ्ग ?
फेरि पनि म भित्र मेरो खुशीहरु लोप भै किन पीडाको सगरमाथा निर्माण भै दिन्छ जसलाई म जति प्रयास गर्दा पनि कम गराउन सक्दिन ! अवाक हुनापुग्छु मेरो जिन्दगीको हरेक खुट्किलाहरू मा यति विघ्न दुखहरु भेट्दा ! लाश बन्न पुग्छ म भित्रको नारी मन यस्तरी हर मोडमा विना गल्ती उनले देखेको सपनाहरु टुट्दा .......!
पलपल सम्झिन्छु मेरो हजुरबाको त्यो सन्ताप ! वहाँ हरेक बिहान भन्ने गर्नु हुन्थ्यो , " मेरी ठुली नातिनी अत्यन्तै सोझी र दयालु छिन यही कारण ले पछी पिडित हुन नपरोस् !" आज लाग्छ यही कारण हो जो म आज आफुभित्र यति धेरै पीडा महसुस गरिरहेकी छु ! चतुर र कठोर हुन नसक्नु मेरो महान कमजोरी र शायद भाग्यमानी नभई जन्मनु मेरो सब भन्दा ठुलो अभिशाप ! मेरो भागमा परिसकेको खुशीहरु पनि दुर्भाग्यको भयङ्कर आँधीबेहरी आई सब सोरेर लगिदिन्छ ! मेरो जिन्दगीको दुर्भाग्य हरु देखी मेरी आमा पनि अचम्म मान्दै भन्नु हुन्थ्यो ,' किन मेरी ठुली छोरीको भाग्य यति दुखदायी छ ? यसको जिन्दगीको सँघार भित्र खुशी पस्नै सक्दैन ! किन सारा दुर्भाग्यहरुले यसकै जीवनमा जडा गारेर बसेको छ ? ' यस्तै के के भन्दै धेरै सन्तापको अग्निमा जल्ने गर्थिन मेरी आमा शायद आज पनि जल्छिन होलिन यदपि म वहासँग मेरो जिन्दगीमा खुशीको समुन्द्र पोखेको कुरा नै किन नगरुं ? त्यती बेला जिन्दगीको सुरुवात हुदै थियो त्यसैले ती सब कुरालाई मनमा लगाइन ! तर आज सही बाटोमा हिडेरै पनि हरपल हार्ने गर्छु सपनाको दौड , मेरो नारीमनको चाहना हरुको दौड ! पढेको थिए धेरै महापुरुस हरुको जीवनीमा प्रयास गरे सफल अवश्य हुन सकिन्छ भनेर तर म त आजसम्म हारिरहेकै छु ! मात्र हारिरहेकी छु !
थाह छ जीन्दगी एक संघर्सको मैदान हो भनि जहाँ धेरै धेरै संघर्स गर्नु छ हामीले ! हरेस खाएर होइन बिरंगना बनेर ! निरास भएर होइन आशावादी भएर तर पनि असफल हुन पुग्छु मनसँग मनले नै गर्ने द्वन्दमा ! हरपल कुनै न कुनै कारण द्वारा टुट्न पुग्छु फेरि जोड्छु आफैलाई आफैले अनि सम्झाउछु घसरिएरै भएपनि यो जिन्दगीको यात्रमा अगाडी बढ्नु छ ! जिन्दगीलाई अर्थपूर्ण बनाइ लैजानु छ ! हो , सपनाहरु टुट्दा धेरै दुख्छ र दुख्दोरहेछ जीन्दगी यहाँ सम्मकी नदुख्ने औसधी खाइ सधैको निम्ति चीर निंद्रामा सुतिदिउं झैँ गरी तर मनमा जन्मिने हरेक कुविचार अनि कायर भाव हरुलाई कुल्चिएर अगाडी बढ्न सक्नु पनि त एउटा ठुलै र अर्थपूर्ण विजय हो ! जसोतसो सफल हुन्छु यो मेरो टुटेको पराजित मनलाई हौसला दिई अगाडी बढाउनलाई !
यो पुरुषप्रधान समाजमा जति दबिएर बाँच्नु परेपनि र जति बन्धन भित्र रहनु परेपनि , पलपल स्वतन्त्रमा रहर लागेजति र नारी नजरमा सही लागेजति सब धोकोहरु पुरा गर्दा पुरुषबाट बहिष्कृत , तिरष्कृत भइन्छ कि भन्ने सन्त्रास मा जिउनै परेपनि कहिले अपशोच गर्ने छैन बरु गर्ब गर्नेछु म नारी भै जन्मिए , किनकी म संग जति कोमल रिदय भएपनि म ठुलो भन्दा ठुलो दमन सहेरै पनि प्रेम बाट्न सक्छु ! पीडाको ज्वारभाटा मनभित्र थुनेरै भएपनि अर्को मनलाई हसाउन सक्छु ! आफ्नैले दिएको चोटहरुलाई रित्याएर आवश्यक परेको खण्डमा पुन प्रेम गर्न सक्छु र जहिले विनाम्रतामा कठोर ह्रदय सामु झुक्न सक्छु ! हरेक त्यो चीज जसलाई म आफ्नो सम्झन्छु त्यसैले बढ्ता पीडा दिन्छ किनकी म त्यही चीजसँग औधि प्रेम गर्छु ! हिजो आजको यो पीडा त्यही प्रेम हो ! मेरो मनभित्रको प्रेम ! कसै प्रति समर्पित प्रेम र बुझ्दैछु जहाँ प्रेम छ त्यही पीडा पनि छ !

No comments:
Post a Comment