Thursday, June 7, 2012

मेरो असल मित्र

यो बिकासित युगको साहित्यिक संसारमा
एक्लै यात्रा गरिरहेंकि थिए ,
एक दीन संयोग ले
फेसबुक नामको चौतारीमा तिमीलाई भेटें ,
भावनाहरुको अदानप्रदान सँगै
हामी दुई असल मित्र बन्यौ !
जिन्दगीको अन्तिम पल्सम्मा ,
असल मित्र बनिनै रहने प्रण पनि ग-यौ !
मेरो असल मित्र !
तिम्रै प्रेरणा र समर्थनमा
वर्सौदेखी मेरा मन्भित्र थन्किएरा रहेका भावनाहरुले
दुनियाँको साहित्यिक आँगनमा सहभागी हुने मौका पाए !
मेरो मित्र   
दुनियाँको सङ्कुचित हेराइले
हाम्रो मित्रतामा सन्देह गरेपनी ,
हामीबीचको नाता पवित्र र निस्वार्थ थियो ।
बेदाग अनी निश्कलंक थियो ।
मेरो असल मित्र
आज अचानक 
बिना कुनै सुचना , बिना कुनै गुनासो
तिमी यसरी मेरो जिन्दगीबाट पलायन भैदिँदा
मेरा मन्भित्र हजारौ प्रश्नका छालहरु उठ्नेगर्छन ,
धेरै सोच्छु , फेरिपनी सही निस्कर्समा पुग्नसक्दिन
तिमी ?
सहीमै मेरो असल मित्र थियौ कि ?
या ,
तिमीलाई असल मित्र सम्झनु मेरो भुल थियो ?

No comments:

Post a Comment