Thursday, June 7, 2012

कठपुतली होइन नारी !

अति भयो दमन शोषन , नारी तन र मनका बलात्कारहरु ,
जित्नैपर्छ अब हामीले मेटेर सारा नारीजिबनको दुर्भाग्य र हारहरु !
कहिलेसम्मा बाँच्नु जिउदो लास बनी बोकी धिक्कारताको भारी ?
खोज्नै पर्छ आफ्नो आत्मासम्मान , कठपुतली होइन नारी !


धम्क्यानेछन् लडाईंदिनेछन पनि कदमकदममा हाम्रो खुट्टा तानेर ,
बिरङ्गना बनौ र  सन्ताप  कहिलेइ नगरौ एक्लो पर्नेछौ भनेर !
कहिलेसम्मा नाँच्नु सिन्दुरपोते लगाइ र पहिरी सन्त्रासरुपी सारी ?
बोल्नै पर्छ आफ्नो हकहितको निम्ती , कठपुतली होइन नारी !


धोकापाई बिबाहपूर्ब आमा बन्दा घ्रिनित र अपहेलित हुन्छे नारी ,
निसन्तान र लोग्ने पहिले मर्दा अलछिनी र दोशी बन्छे नारी !
कहिलेसम्मा यि मिथ्या आरोपहरु सही बस्ने मौन्तामा आसुँ झारी ?
निर्दोसित घोसित हुन क्रान्ति गर्नैपर्छ , काठपुतली होइन नारी !


आफ्नै संरचना र स्वैच्छाका पथ हिंडेर जिन्दगीलाई जिउनसक्नुपर्छ ,
हरेक काँडा पन्छाउदै अगाडि बढी लक्ष्या हाँसिल  गर्न सक्नुपर्छ !
कहिलेसम्मा गरिरहने त्याग र बलिदानहरु आफ्नै बाजी हारी ?
दबाइएका आवाजहरु प्रस्फुटन हुनैपर्छ , काठपुतली होइन नारी !
 

No comments:

Post a Comment