प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अन्मोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्छल छहरीमा मानब जिबन जिउछ ! मानब सम्बन्ध सुमधुर बन्दछ ! परिवार , समाज , देश र विश्वा नै सुन्दर र शान्तिमय बन्न पुग्दछ ! यो दुई अक्छर्को सम्योगले बनेको प्रेम मा संसार अडिएको छ ! हरेक सम्बन्धले सार्थक्ता प्राप्त गरेको छ !
पवित्र बाइबल नयाँ करार पहिलो कोरिन्थिको तेरौ अध्यायमा प्रेमलाई यसरी व्याख्या गरिएको छ , " मैले मानिसहरु र स्वर्गदुतको भाषामा बोले तापनि ममा प्रेम छैन भने , म हल्ला मचाउने घण्टा र झ्याइ -झ्याइ गर्ने झ्याली मात्र हुन्छु ! म सँग अगम्बाणी बोल्ने शक्ती होला , र सबै रहस्य र सबै ज्ञानहरु बुझ्ना सकुँला , र पहाडहरु हटाउन सक्नेसम्मको सम्पूर्ण बिश्बास मसित होला तर म मा प्रेम चाँही छैन भने म केही पनि होइन ! प्रेम सहनशील हुन्छ र दयालु हुन्छ ! प्रेमले डाह गर्दैन , न शेखी गर्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन , झर्को मान्दैन , खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउछ । प्रेमले सबै कुरा सहन्छ , सबै कुराको पत्यार गर्छ , सबै कुरामा कुरामा आशा राख्छ ,सबै कुरामा स्थिर रहन्छ । त्यसकारण प्रेम उत्कृष्ट छ । " यि वाक्य हरुलाई गहिरिएर सोच्ने हो भने हामी सजिलै बुझ्न सक्छौ प्रेमको सही परिभाषा ! दुई अपरिचित नर र नारीलाई बैबाहिक सम्बन्धमा बाँधेर एकर्कामा समर्पित बन्न प्रेमले सिकाउदछ , एकर्कासँग इमानदारी बनी, एकर्काको नजरमा बिश्बासको पात्रा बन्दै आशा र हिम्मतका साथमा जिन्दगीमा आइपरेका सारा दु:ख र समस्याहरुको सामना गर्दै दम्पत्य जिबनरथ अगाडि बढाउनलाई पनि प्रेमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक सम्बन्धसँग प्रेमको फरक अनुभुती आभास गर्न सक्छौ । लोग्ने स्वास्नी बिचको प्रेम, माता पिता र सन्तान बिचको प्रेम, साथी साथी बिचको प्रेम, गुरु र सिश्य बिचको प्रेम यस्तै यस्तै धेरै धेरै सम्बन्धहरु बिचको प्रेम । जहाँ प्रेम छ, त्यहा प्रतिसोध क्रोध, घमन्ड र रिसरागको कुनै ठाउँ हुँदैन !
जहाँ प्रेम छ त्यहा दया माया को बिशाल सागर छ, इमान्दारिता जिबित छ, सदभाव र सहयोगको मुहान छ , मानवता को सही परिचय छ, सन्तुस्ती र शान्तिको सुखद अनुभुती छ ! तर जहाँ प्रेम छैन त्यहा प्रतिसोध छ जुन प्रतिसोधको भावले एउटा मानिस र एउटा परिवार मात्र होइन समाज, देश र विश्वासलाइनै तहस नहस पारीदिएको छ ! जहाँ प्रेम सुन्या छ त्यहा क्रोध भरिएको छ, जुन क्रोधले बिनाश र बर्बादी बाहेक आज सम्मा केही दिएको छैन ! जहाँ प्रेम हुँदैन त्यहा अहमकारले राज्य गर्दछ , घमन्ड , अहम्कार यिसबले मानव जिबनमा, मानव समाजमा, मानिस- मानिसबिच, राष्ट्र- राष्ट्रबीच लडाईं, झगडा, हत्या- हिंशा इत्यादी धेरै धेरै सास्तिमय परिस्थितीहरुको सिर्जना गरिदिएको छ ! प्रेम त्यो धागा हो जसले हरेक छरिएर रहेको सम्बन्धलाई एकै ठाउमा उनेर एकतामा बाँधीरख्दछ अनन्त सम्मालाई ! प्रेम त्यो अन्मोल भाव हो जो अरुको दु:खमा सहनुभुति राख्दै असहायहरुलाई, असक्तहरुलाई सक्दो सहयोग गर्नका निम्ती निरन्तर प्रेरित गरिरहन्छ मानिसलाइ । सबै महामानव हरुको ईतिहास पढ्ने र सुन्ने हो भने उहाँ हरु भित्र रहेको अदभूत प्रेमलेनै उहाहरुलाई महान घोसित गरेको छ ! उहाहरुको जन्मलाइनै सार्थक बनाइदिएको छ !हामी धेरैले पढेका र सुनेका छौ मदर टेरेसाको बारेमा, जय हेनरी डियुनाको बारेमा, महाकबी लक्ष्मी प्रशाद देवकोटाको बारेमा, प्रिथिबी नारायण शाहको बारेमा र महात्मा गान्धिको बारेमा, यस्तै धेरै समाजसेवी र देशप्रेमिहरुको बारेमा ! प्रेमले मानिसलाइ त्यती असल र गुनी बनाउछ कि जस्को तुलना हामी भगवान सँग गर्ने गर्छौ र प्रेमबिनको मानिस त्यती खराब र दुस्त हुन्छ कि जसलाई हामी शैतान को कूसंज्ञा दिन्छौ ! यदी देशनायक अर्थात हाम्रो देशको नेत्रित्व गर्ने हरुले पनि देशसँग, जनता अर्थात देशबासिसँग महात्मा गान्धिले जस्तै निस्वार्थ प्रेम गरिदिएको भए आज हाम्रो देश, हाम्रो मातृभूमी, हाम्री जननी स्वार्थ, प्रतिसोध र क्रोधरुपी बमबारुध द्वरा यस्तरी घाइते हुने थिएन ! असुरक्षा, अशान्ति, डर र त्रासले यस्तरी ग्रसित हुने थिएन ! देश घाइते हुनु भनेको हामी घाइते हुनु हो, देशको अस्तित्व मेटिनु भनेको हाम्रो अस्तित्व मेटिनु हो ! देशको भविस्यालाई हत्केलामा लिएर देशको प्रतिनिधित्व गर्ने हरेक्ले देशलाई र जनतालाई प्रेम गरेको होस, निस्वार्थ प्रेम ! जुन प्रेमले एक सच्चा र इमान्दारी राष्ट्र प्रेमी, राष्ट्र नायक, राष्ट्र उपासक बनाएर देशको अस्मिता जोगाउन प्रेरित गर्नेछ ! जनताका विश्वाश, आशा र सपनाहरुलाई साकार रुप दिनेछ !
हामीसबै एकअर्कसँग पवित्र प्रेम गरौ प्रतिसोधलाई भुलेर ! एकर्काको गल्तिहरुलाई माफि दिएर ! रिसरागको अवशेसहरुलाई मेटेर ! घमन्डको घाटी रेटेर ! किनकी प्रेममा नै सबै समस्याको समाधान छ ! प्रेममा नै मनको सन्तुस्ती र आत्माको शान्ती छ !!!
No comments:
Post a Comment