हामी मानिस हौ ! मानिस सामाजिक प्राणी भएको हुनाले ऊ समाजबाट अलग्गिएर बस्न सक्दैन ! मानिसको जीवनको सुरुदेखि अन्त्य सम्म ऊ हरेक सम्बन्ध , साइनो हरुसंग बाँधिएको हुन्छ ! भनिन्छ बालकको पहिलो पाठशाला घर हो ! एउटा बालकले आफ्नो घर परिवारबाट धेरै कुरा सिक्दछ ! जसै ऊ बढ्दै जान्छ अनि विद्द्यालय , उसको साथीसंगी अनि ऊ बस्ने समाजबाट विस्तारै अरु कुराहरु सिक्दै जान्छ ! शरीरको साथासाथै उसमा बुद्दी बिबेक , ज्ञान सबै सबै कुराको विकास हुदै जान्छ ! यसरि जीवन बाच्ने क्रममा एक मानिसको व्यवहारले , विभिन्न क्रियाकलापले अर्को मानिसमा प्रत्यक्ष वा अप्रतक्ष रुपमा असर पारिरहेको हुन्छ , केहि राम्रा असरहरु र केहि नराम्रा असरहरु ! जुन बेला परिस्थितिको प्रकृति लै नियालेर , आत्मासात गरेर हामी एकअर्का संग गल्ति भएमा माफी माग्दछौ र माफी दिन्दछौ र धन्यबादी महसुस गर्दा धन्यबाद दिन्दछौ !
माफी माग्नु , माफी दिनु , धन्यबाद भन्नु यी तीन शब्द हेर्दा जति साधारण र सरल देखिन्छन यसलाई बुझेर , यसको गहिराइमा पुगेर बिचार गर्ने हो भने यी शब्दका भावहरुले मानिसको जीवनयापनमा अतिनै महत्वपुर्ण भूमिका खेलेको हुन्छ र यदि हामीले यी शब्दका सही अर्थ र भावलाई महसुस गरि हाम्रो जिवनरथलाई अगाडी बढाउने हो भने निसन्देह हाम्रो जीवन थोरै भएपनि सहज र सरल बन्नेछ ! यी शब्दहरुको प्रयोग बिदेशीहरुको दैनिक जीवनमा जति धेरै प्रयोगमा ल्याइएको हुन्छ तेती प्रयोग हाम्रो नेपाली जीवनमा भएको पाइदैन भनौ विद्द्यालायामा हामी सिक्दछौ , तर हाम्रो शिक्षा तेती व्याहारिक छैन ! अब इजरायलकै कुरा गरौ , जुन बिरामीको हामी सुसारे हौ उसकै परिवारका सदस्यहरुको बोलीचाली यदि हामीले याद गरेका छौ भने तेसो त हामी उनीहरुको घरमा काम गर्ने फेरिपनि उनीहरुले कस्तरी हामीसंग परस्थिति अनुसार (excuse me, soory, forgive me, thankyou , welcome ) यी शब्दहरुको बारम्बार प्रयोग गरिरहेका हुन्छन र गहिरिएर जाने हो भने कति विनम्रता र झुकाव झल्किरहेको हुन्छ यी शब्दहरुमा ! एक सभ्य मानिसको परिचय दिईरहेको हुन्छ यी शब्दहरुले ! हरेक कुराहरुमा उनीहरु धन्यबाद गर्दछन अनि स सानो गल्तीहरूमा माफी माग्नलाई कति पनि हिच्किचौउदैनन !
मानिस सामाजिक प्राणी भएकोले एकअर्कासंग कुनै न कुनै सम्बन्ध र साइनोहरु द्वारा बाधिएको हुन्छ ! यदि यी शब्दहरुको सहि अर्थ बुझेर र बुझाई हाम्रो दैनिक जीवनमा व्याहारिक भै लागु गर्ने हो भने मानिसको हरेक सम्बन्धको डोरमा कहिले गाँठो पर्न दिनेछैन ! वा सम्बन्धलाई बीचैमा टुक्रन दिनेछैन ! हामी मानिस हौ , गल्ती गर्नुहुदैन भन्ने कुरा जाँन्दाजान्दै पनि , होशियार हुँदाहुँदै पनि हामीबाट गल्तिहरु हुन् पुग्दछन ! हामीबाट हुनगएका गल्तिहरुले हामीसंग सम्बन्धित अर्को पक्षलाई चोट पर्न जान्छ र त्यो परिस्थितिमा हामीले गरेका गल्तीहरुको स्विकार गरी सम्बन्धित व्यक्तिसंग माफी माग्नुपर्दछ भनेर पनि हामी जान्दछौ तर हामी व्यावहारिक हुन नसकेको कारण या हाम्रो माफि माग्नु प्रति रहेको गलत धारणाको कारण हामी माफी माग्न धेरै हिच्किचाउछौ र केहि गरी माफी मागी हालेता पनि अर्को पक्षले माफी दिनलाई हिचकिचाउछ , या उसले माफी माग्नेको गल्तीलाई यसरी प्रष्ट्याएको हुन्छ मानौ ऊ कहिले गल्ती गर्दैन र गरेको पनि छैन जस्तै गरि बोल्दछ , नेपालि जगतमा बिशेष यस्तो भन्ने गरिन्छ , " गर्नेबेलामा मनपरी अनि सरि ? कतिपटक माफी माग्छौ ? तीन पटक भन्दा बडी माफी मिल्दैन .....," हामीमा कति घमण्ड छ यो सब अशिक्षा र अज्ञानता को काराणले हुनेगर्छ ! किन हामी बुझ्नलाई तयार हुदैनौ कि यदि कोहि माफी माग्दछ भने उसले आफ्नो सारा गल्तीको पूर्ण रुपमा स्वीकार र ग्लानि आभास गरेपछी मात्र माफी माग्नको निम्ति अगाडी बढ्दछ भनेर ! न माफी माग्दैमा कोहि सानो भइन्छ न माफी दिदैमा कोहि रित्तिन्छ तर माफी माग्दा र माफी दिंदा सम्बन्ध अरु सुमधुर रुपमा स्थापीत हुनजान्छ र कहिकतै गुनासो अपशोच र ग्लानि द्वारा गाँठो पर्न जादैन ! हरेक सम्बन्धमा यदि हामी एक अर्काका गल्तीहरु सम्झिरहन्छौ भने त्यसले एक अर्कामा दुरी बढाउदै लागिरहेको हुन्छ तर गल्तीहरुलाई बिर्सिदिएर माफी माग्छौ र माफी दिन्छौ भने सम्बन्ध अरु गाडा सहज र सरल अनि पारस्परिक बन्दै जान्छ ! माफी लिनुदिनुकै कारण हरेक मानिसलाई एक अर्काप्रति रहेको सम्बन्धलाई इमान्दारी पुर्वक निभाउनालाई प्रोत्साहीत गर्दछ !
हामी मानिस हौ र हामीमा असलपन जति छ खराबपन पनि तेतिनै सक्रिय रहेको हुन्छ तर आफ्नो शिक्षा , ज्ञान र चेतनाद्वारा खराबीको आन्ध्यारोलाई असलताको ज्योतिले हटाउन सक्नुपर्छ ! मानिस हौ र हामीबाट नचाहदा नचाहदै पनि धेरै गल्तीहरु हुन पुगदछन त्यसकारण परिस्थितिको प्रकृतिलाइ नियालेर माफी माग्न र माफी दिन सिकौ र एक अर्का को असलपनमा आभारी बनि धन्यबादी बन्न र धान्यबाद भन्न सिकौ ! किनकि यी शब्दहरुमा विनम्रता , इमान्दारिता मानवता र पारस्परिक प्रेम लुकेको छ र यी तत्वाहरुले मानिस मानिस बिचको सम्बन्धलाई अजन्म सुमधुर बनाईराख्नेछ !
धन्यबाद !
No comments:
Post a Comment