Wednesday, July 4, 2012

कविता- आत्म बोध


तिम्रो प्रेमलाई
अनुपमीय घोषणा गरी
तिम्रै उपासक बनि
तिमीलाई ईश्वर मानेर पुज्दा

तिमीले-
कोब्रा बनि नडसेको भए
मलाइ ....?
यो आत्मा बोध कहिल्यै हुने थिएन
कि म-
मेरो कोमल मन भरी
तिमीले भरेको विष पचाएर बाँच्न सक्छु भनि !

No comments:

Post a Comment