Sunday, July 1, 2012

गजल

होशियार हौ है सबै बूरा भाको छु म अचेल !
तन मनै काटिदिने छूरा भाको छु म अचेल !

सम्भालेर लायौ भने तिम्रो मान राखी दिउँला
खेल्नेलाई खून गर्ने चूरा भाको छु म अचेल !


शैतानी त्यो मन मार्न अश्त्र कलम् रुपी त्रिशूल
गाड्नलाइ काली जस्तै सूरा भाको छु म अचेल !

शब्द अर्थ जानी बुझी ओकल्नु है सधै वचन
खुल्ला बोल्दा फाँसी दिने कूरा भाको छु म अचेल !

कम्जोर छे भन्ने ठानी सोच्न छोड गर्न दमन
शस्त्र अश्त्र , वस्त्र ले नि पूरा भाको छु म अचेल !

No comments:

Post a Comment