Friday, July 6, 2012

गजल

दोधारैमा पार्यो ढाका टोपी लाउनेले !
सुट बुट कसी मेरो पछी धाउनेले !

धेरै देख्छु हेन्डसम कालो त्यो चश्मामा
आपतैमा पार्यो हिपप् गीत गाउनेले !

सम्पत्तिको धाक दिई मुर्ख पो बनायो
बिहे गर्छु भन्दै मेरो घर आउनेले !


मिठो बोलि बोल्दै भोग,निन्द्रै खोसिदियो
बहुरुपी बानी , चारैतिर छाउनेले !

आखिरीमा बुझे साँचो माया पिरती यो
गर्ने रैछ यहाँ दुख धेरै पाउनेले !

No comments:

Post a Comment