Thursday, July 5, 2012

गजल

हामी सबै मिलि खाजा टपरी मै खाम साथी !
अलि छिटो हात चालौ डुब्न लाग्यो घाम साथी !

भोलि सबै बेंसी तिर धान गोर्न जाँदा खेरि
मखमली चोली सँगै लुंगी छोटो लाम साथी !


छिट्टै सकी मेला पात साउने यो संक्रान्तिमा
किन्मेल् गर्न चुरा पोते बजारैमा जाम साथी !

तीज पनि आइ हाल्छ आज भोलि भन्दा भन्दै
माइतीको आँगनै मा दर खान धाम साथी !

मेरो आदरणीय मित्र बेद ज्यु ले चुन्नु भाको कफियामा गाउँले परिवेशलाई वहाँले जस्तै आफ्नै सरल भाषामा गजल लेख्ने मेरो प्रयास !

1 comment:

  1. सरल र सुन्दर भावमा सुसज्जित गजल निकै राम्रो बनेको छ सजना दिदी .

    ReplyDelete