Saturday, August 4, 2012

गजल

घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी
बास देउ छोरा बिन्ती,तिम्रै नोकर हुन्छौ हामी !!

दिएहुन्छ बासी खाना,बाँडीचुडी खान्छौ दुवै
दुख्न पुगे मन मुटु,आँशुहरु थुन्छौ हामी !!



बोल्ने छैनौ कैले केही,लाउ वचन् जति पनि
आश्रय नै छोराछोरी,तिम्रै कुरा सुन्छौ हामी !!

कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता
वृद्ध मन टुटे पुन,एकान्तमा रुन्छौ हामी !!

धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई
सही सिख दिएनौ कि,यहि कुरा गुन्छौ हामी !!

No comments:

Post a Comment