त्यो दिल्मा नजरको तीर
तानेकी कहाँ हुँ र मैले ?
छानेकी कहाँ हुँ र मैले ?
त्यो दिल्मा नजरको तीर
हानेकी कहाँ हुँ र मैले ?
पिरती लायौ एकोहोरो
मानेकी कहाँ हुँ र मैले ?
तिमीनै बस्यौ राजी हुँदै
बानेकी कहाँ हुँ र मैले ?
पागलै भा'छौ मेरै निम्ति
जानेकी कहाँ हुँ र मैले ?
No comments:
Post a Comment