Saturday, August 25, 2012

अमुल्य छ यो जिन्दगी

कायर बनि आत्महत्या गर्ने कुरा नगर्नु है !
अमुल्य छ यो जिन्दगी मर्ने कुरा नगर्नु है !


हार्दापनि हाँस्नुपर्छ जित्ने आशा रोपी मन्मा
फूलौ हामी सास्ती खप्दै झर्ने कुरा नगर्नु है  !


प्रिय बन्छ यही जुनी फूलको आँखा हेर्न सके,  
हिम्मत हारी आलस्यलाई भर्ने कुरा नगर्नु है !


सामना पो गर्नु पर्छ सुखदु:ख जस्तो हुन्छ ,  
भोग्न डराई अन्तै डेरा सर्ने कुरा नगर्नु है !
 

No comments:

Post a Comment