Monday, August 27, 2012

नम्रताले भरिएको बात सामु झुकें ! !


आँसु पुछिदिने तिम्रो हात सामु झुकें !
 नम्रताले भरिएको बात सामु झुकें ! !

पाँच औला बराबरी हुन्न भन्ने ठानी
लोग्नेमान्छे फेरी तिम्रो जात सामु झुकें !
 
घातै घात्ले छियाछिया भएपनि मन :
 तिम्ले दिने पिरतीको खात सामु झुकें !

आउने छ बिहानी त्यो खुशी लिई भोलि
आशावादी बनी कालो रात सामु झुकें ! !

No comments:

Post a Comment