तिमी जीत मेरो
तिमी हार मेरो
तिमी खुशी मेरो
तिमी पिडा मेरो
तिमी जिन्दगी मेरो
तिमी मृत्यु मेरो
तिमी सौभाग्य मेरो
तिमी दुर्भाग्य मेरो
तिम्रो मन
तिम्रो बिश्वास
जीत्न नसक्नु
यही कम्जोरी मेरो.....!
तिम्रो माया
तिम्रो चाहत
देख्न नसक्नु
यही कम्जोरी मेरो......!
सत्यताको पहिचान गर्न नसक्नु
र आफ्नै सोचहरु द्वारा कोरिएको बाटोमा
जिद्दी बनि हिडिरहनु
तिम्रो कम्जोरी.....!
न तिमीले मैले दिएको सास्ती भित्रको
मेरो सन्ताप लाइ बुझ्न सक्यौ ?
न मैले तिमीले कोरेको सीमारेखा भित्रको
तिम्रो मलाइ सुरक्षित राख्ने उदेश्यलाई बुझ्न सके ?
एक अर्कालाई नै दोषी देख्नु
हामी दुइकै कम्जोरी....!
एक अर्काको वास्ता नगर्नु
एक अर्काको लाज राख्न नसक्नु
हामी दुइकै कम्जोरी.......!
अब यो कम्जोरी
गल्ती बनि
पुन नदोहोरियोस ,
यो कमजोरी
ईर्ष्या बनि
पुन नाबिउझियोस ....
बस
अब
यो कम्जोरी सुध्रियोस .....!
हरपल , हरदिन सुध्रिरहोस .......!
तिमी हार मेरो
तिमी खुशी मेरो
तिमी पिडा मेरो
तिमी जिन्दगी मेरो
तिमी मृत्यु मेरो
तिमी सौभाग्य मेरो
तिमी दुर्भाग्य मेरो
तिम्रो मन
तिम्रो बिश्वास
जीत्न नसक्नु
यही कम्जोरी मेरो.....!
तिम्रो माया
तिम्रो चाहत
देख्न नसक्नु
यही कम्जोरी मेरो......!
सत्यताको पहिचान गर्न नसक्नु
र आफ्नै सोचहरु द्वारा कोरिएको बाटोमा
जिद्दी बनि हिडिरहनु
तिम्रो कम्जोरी.....!
न तिमीले मैले दिएको सास्ती भित्रको
मेरो सन्ताप लाइ बुझ्न सक्यौ ?
न मैले तिमीले कोरेको सीमारेखा भित्रको
तिम्रो मलाइ सुरक्षित राख्ने उदेश्यलाई बुझ्न सके ?
एक अर्कालाई नै दोषी देख्नु
हामी दुइकै कम्जोरी....!
एक अर्काको वास्ता नगर्नु
एक अर्काको लाज राख्न नसक्नु
हामी दुइकै कम्जोरी.......!
अब यो कम्जोरी
गल्ती बनि
पुन नदोहोरियोस ,
यो कमजोरी
ईर्ष्या बनि
पुन नाबिउझियोस ....
बस
अब
यो कम्जोरी सुध्रियोस .....!
हरपल , हरदिन सुध्रिरहोस .......!
No comments:
Post a Comment