Sunday, August 12, 2012

त्यो हातमा यो हात राख्दै वाचा गरुं तिमीसंगै !
तिम्रो साथमै बाँच्न पाई रहुँ र मरुं तिमीसंगै !

पहाड सरी जिन्दगी यो धेरै छन् उकालीओराली
विचलित नभई दुखरुपी पुल हरु तरुं तिमीसंगै !

सिद्दीनेछ सारा सृष्टी छैन केही यहाँ अजम्बरी
खस्नै परे डालीबाट खुशी साथ झरुं तिमीसंगै !

निश्छल , निष्कपट र पवित्र छ, यो प्रेम तिम्रो
भयोभने अर्को जन्म विन्ती गर्छु परुं तिमीसंगै !
 
त्यो हातमा यो हात राख्दै वाचा गरुं तिमीसंगै !
तिम्रो साथमै बाँच्न पाई रहुँ र मरुं तिमीसंगै !

No comments:

Post a Comment