Sunday, August 5, 2012

गजल

हरेक पल कल्पनामा मेरो आत्मा डस्नेलाई,
नजिकै पो तानौ'कि त तर्की पर बस्नेलाई ।

पिरतीको पिंजडामा थुन्नैपर्ला जस्तो लाग्यो,
 फूलको पराग चोरीगर्न यो दिलमा पस्नेलाई ।

राम्रो बानी भएकी नै खुशी दिने रानी हुन्छे,
 यस्तो सत्य थाहा हुन्न रुपरंगमा फस्नेलाई ।

 सहासीको दृष्टान्त पो बन्नुपर्छ भन्छु म त,
 डर मानेर लुकीछिपी प्रेमको डोरी कस्नेलाई ।

सारथीभै सम्हालौ'कि बेसहारा त्यो जिन्दगी,
 नयाँ आशा बार्न भुली अतिततिरै खस्नेलाई

No comments:

Post a Comment