Sunday, August 12, 2012

मान्छे तिमी !!

पल पल  मेरै हुन्छु  भनी वाचा गर्ने मान्छे तिमी !
मेरै निम्ती आकाशबाट धर्तिमा झर्ने मान्छे तिमी !!

उदास , उजाड   लाग्छ ,  तिमीबिनाको    जिन्दगानी ,
योजीवनमा उत्साह-उमंगको रंग भर्ने मान्छे तिमी ।

मात्र   साथ मागेकीं    थिए    बाचुन्जेल सम्मलाई ,
मलाई जिउँदो राख्नलाई आँफै मर्ने मान्छे तिमी ।

हेर्दा हेर्दै   भस्म    बन्यो ,   त्यो सुन्दर शरीर पनि ,
आत्मा देखी आत्मा भित्रै बास सर्ने मान्छे तिमी ।

के   गरी भेटुं तिमीलाई , एक्लै   कहाँ    खोजुँ अब ?
पुर्नजन्म लिई आउ फेरी ,खुशी छर्ने मान्छे तिमी ।

No comments:

Post a Comment