Sunday, August 12, 2012

जाली भयौ तिमी !

सोचेर नै नसकिने जाली भयौ तिमी !
 वैरीले नै देको जस्तो गाली भयौ तिमी !

विन्ती गर जति पनि माफि मिल्ने छैन
नचाहेरै फाल्नु पर्ने थाली भयौ तिमी !

टाढा बाटै हेर्दा पनि घिन लाग्ने धेरै
तर्किएर हिड्नु पर्ने नाली भयौ तिमी !

केनै पायौ छल गरि झुठो बोलि बोलि
 बिश्वास नै गुमाएर खाली भयौ तिमी !

नाटकको अन्तिममा दुष्ट मर्यो भन्दै
दर्शकले बजाउने ताली भयौ तिमी !

No comments:

Post a Comment