Monday, August 6, 2012

गजल

ढुंगा जस्तो कठोर हृदय अचेल गल्या छ रे !
 कसै सँग बोल्दा मैले त्यो मन जल्या छ रे !

जे गरे नि सही हुन्छ मर्दा हुँ म भन्ने
जति थियो घमण्ड त्यो सबै ढल्या छ रे !


देख्या फूल सारा आफै टिप्छु भनि आट्ने
 जवानी त्यो रोगी बनि साह्रै थल्या छ रे !

दण्ड छैन कुकर्मको भन्दै पाप गर्ने
सुन्छु आज पश्चातापको आग्निमा बल्या छ रे !

No comments:

Post a Comment