Thursday, September 6, 2012

बाँच्न सक्ने भा'छु अचेल् !

सोंच्न छोड मर्ला भनी बाँच्न सक्ने भा'छु अचेल् !
 खाली खुट्टा काँडा टेक्दै नाँच्न सक्ने भा'छु अचेल् !

कम्जोर छे भन्दै सदा परिक्षामा नपार्नु है
 तिम्रो कसम् तिम्लाई नै जाँच्न सक्ने भा'छु अचेल् !

आफ्नो गल्ती लुकाएर दोषी ठहराउँदै त्यो
मेरो माथी उठ्ने औला भाँच्न सक्ने भा'छु अचेल् !

दुनियाँको नीति जानी लुटाएर पिडा सारा
आफ्नो खुशी आफ्नै निम्ति साँच्न सक्ने भा'छु अचेल् !

No comments:

Post a Comment